Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अवतरण हुन नसकेको बुद्ध एयरको जहाजलाई काठमाडौंमा सकुशल अवतरण गराई ७३ यात्रुको ज्यान जोगाइयो ।

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ११, २०७८ मा प्रकाशित

जितेश मण्डल
असाेज ११ / काठमाडौं: विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाजलाई काठमाडौंमा सकुशल अवतरण गराई ७३ यात्रुको ज्यान जोगाइयो । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी शेर्पाले ।

सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । उक्त विमान एजी शेर्पाले नै चलाएका थिए ।

जहाज विराटनगरतिर उड्दा सामान्य नै भएपनि विराटनगर पुगेपछि समस्या देखियो । अवतरण गर्न सकेन । जहाजमा वयस्क ६८, बच्चा २, अपांग ३ जना गरि ७३ जना यात्रु रहेका थिए । विराटनगरमा जहाज अवतरण नहुँदासम्म यात्रुहरु सामान्य नै मानिरहेका थिए ।

तर, जब विराटनगरबाट जहाज काठमाडौं फर्केर अवतरण नभई चक्कर लगाउन थाल्यो । यात्रुहरु ‘अब नबाँचिने रहेछ, मरियो’ भनेर जीवन माया मारेका थिए ।

जहाजका एयर होस्टेसहरु रोइरहेका थिए । तैपनि उनीहरु यात्रुहरुरुलाई सान्त्वना दिइरहेका थिए । पाइलट एजी शेर्पा भने विचलित नभइकन सकुशल रुपमा जहाज अवतरण गर्न प्रयत्न गरिरहेका थिए ।

तैपनि ल्याण्डिङ गियर धावनमार्गमा झर्न सकेको थिएन । यहीँकारण जहाज गन्तव्य स्थलमा पुगेर फेरि काठमाडौं फर्किएको थियो । काठमाडौं फर्किएको जहाजलाई पानीमाथि फम राखेर अवतरण गर्न खोजिएको थियो ।

धावनमार्गमा नेपाली सेना, एम्बुलेन्स तयारी अवस्थामा थिए । पाइलट एजी शेर्पा भने जसरी हुन्छ जहाजलाई अझैँ सुरक्षित रुपमा ल्याण्डिङ गर्न प्रयत्न गरिरहेका थिए ।

अन्ततः उनको त्यो प्रयास सफल भयो । भगवान दाहिने हात भइदियो । जहाज सकुशल रुपमा अवतरण गर्यो । यो अवधिभर जहाजमा केही यात्रु बेहोस पनि भएका थिए । र, सबै यात्रुले नयाँ जीवन पाए, एजी शेर्पाले सबैलाई मृत्युको मुखबाट बचाएर नयाँ जीवन दिए ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved