Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रदेश २ मा प्रहरी आफै तस्करीमा लागेपछि आईजीपीद्वारा अनुसन्धान टोली खटायो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ११, २०७८ मा प्रकाशित

सुभाष यादव
सिराहा । प्रदेश २ का जिल्लाहरुमा प्रहरीकै मिलेमतोमा तस्करी गरेको भन्दै प्रहरी प्रधानकार्यालयले अनुगमन गर्न खटाएको छ । तस्करी बढेको भन्ने सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि दुईवटा टोली प्रदेश २ का जिल्लामा खटाएको हो ।

प्रहरी महानीरिक्षक शैलेश थापाले अनुगमनका लागि टोली खटाएको स्रोतको दावी छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत एसएसपी भीम ढकाल र विशेष ब्युरोमा कार्यरत एसएसपी टेकबहादुर राईको छुट्टा छुट्टै टोलीलाई प्रदेश २ का जिल्लामा पठाइएको हो ।

‘दुईवटा टोलीलाई प्रदेश २ को यथार्थ स्थिती बुझ्नको लागि खटाइएको छ’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । पर्साका वेलबहादुर पाण्डे, धनुषाका प्रकाश रानाभाट, सिरहाका हिराबहादुर पाण्डेको बारेमा धेरै गुनासो आएपछि प्रहरी प्रधानकार्यालयले अनुगमनका लागि खटाएको हो ।

त्यसैगरी सर्लाहीका सन्तोषसिंह राठौरको विषयमा पनि प्रहरी प्रधानकार्यालयमा उजुरी परेको छ । पर्साका बेलबहादुर पाण्डेले त सिसुकालाई रकम नै तोकर पैसा उठाएको उजुरी परेको थियो । सिराहका हिराबहादुर पाण्डेका घुमुवाले छाडेको तस्करीको गाडीलाई लाहान प्रहरीले पक्राउ परेपछि उनको बारेमा पनि उजुरी परेको थियो ।

टोलीले आइतवारदेखि नै काम शुरु गरेको छ । एउटा टोलीले बारा र पर्सा, सिरहा तथा अर्को टोलीले धनुषाबाट सुक्ष्म अनुसन्धान थालेको छ । प्रदेश २ मा प्रहरीकै संलग्नतामा तस्करी बढेको सम्बन्धमा टोलीले अध्ययन गरेर ल्याउने प्रतिवेदनको आधारमा नयाँ रणनीति बनाउने प्रधान कार्यालयको तयारी छ । उनीहरुको बारेमा प्रहरी अनुसन्धान सकिएपछि कारवाही थाल्ने प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved