Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पर्साका कालिकामाई गाउँपालिकामा अख्तियारको छापा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १२, २०७८ मा प्रकाशित

बीरगन्ज १२ असोज । पर्साको कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान अयोग हेटौंडाको टोलीले छापा मारेको छ । गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु चरम भ्रष्टाचारमा लिप्त रहेको समाचारहरु पत्रपत्रिकामा प्रकाशित भएपछि तथा गाउँपालिकामा व्यापक भ्रष्टाचार भइरहेको उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न गाउँपालिका कार्यालयमै पुगेको हो । गाउँपालिकाको कार्यालयमा ९ गते पुगेको अख्तियारको टोली ११ गते फर्किएको छ ।

टोलीले शंकास्पद योजना तथा कार्यक्रमहरुको कागजात आफ्नो नियन्त्रणमा लिएको छ । त्यसैगरी गाउँपालिकाको बिभिन्न वडामा संचालन भएको योजनाहरुको स्थलगत अवलोकन तथा अनुगमन समेत टोलीले गरेको थियो । टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुको साथै तीन दिनको अवधीमा कार्यालयबाट संचालन भएको योजनाहरुको फाइलहरुको समेतअध्यन गरेको बताइएको छ । सो क्रममा अख्तियारको टोलीले गाउँपालिका कार्यालयको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतोमा बिभिन्न योजनाहरुमा चरम भ्रष्टाचार भएको प्रमाणहरु फेला पारेको स्रोतको दाबी छ ।

अख्तिया दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिले संचालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्याक्रम, धारा जडान कार्यक्रम, आइसुलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाई दिएको एवम् ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेको वताउनु भयो । उनले केही योजनाहरुको कागजात टोलीले कार्यालयबाट संकलन गरेको वताउँदै उजुरीहरु उपर अनुसन्धान भइरहेको बताउनुभयो ।

दोषी देखिएको खण्डमा भ्रष्टचारमा संलग्न कर्मचारी तथा जनप्रतिनिधिहरु उपर कानुनी कार्बाही गरिने सूचना अधिकारी सापकोटाले वताउँनुभयो । उनले अख्तियारको टोली गाउँपालिकामा कसैलाई तर्साउनको लागि नगएको वताउँदै उजुरी उपर छानविनकै लागि टोली पुगेको वताउँनुभयो ।

यता गाउँपालिकाको कार्यालयमा अख्तियारको टोली पुगेपछि कर्मचारी तथा जनप्रतिनिधिहरु बिच खैलाबैला मच्चिएको छ । स्रोतका अनुसार गाउँपालिकामा भ्रष्टाचारीहरु बिच भागभाग मच्चिएको छ । अनुसन्धानको क्रममा केही कर्मचारी, ठेकेदार तथा जनप्रतिनिधिहरु अख्तियारको फन्दामा जाने निश्चित रहेको स्रोतको दावी छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहसँग यस बिषयमा प्रतिक्रिया लिन खोज्दा टोली केका लागि आएको आफुले बुझ्न नसकेको प्रतिक्रिया दिनु भयो । टोली कहिले आएको समेत आफुलाई थाह नभएको वताउँदै साहले टोली हिजो फर्किएको बताउनुभयो ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved