Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सिरहा : कर्मचारीहरुको आन्दोलनप्रति गाउँपालिका सकारात्मक, बार्तामा बस्न अनुरोध

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १२, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा लहान १२ असोज । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका कर्मचारीहरु तलब वृद्धिको माग गर्दै असोज – ४ गते देखि निरन्तर आन्दोलन गरिरहेका छन् । गाउँपालिकाको सामुदायिक स्कुलमा कार्यरत कार्यालय सहयोगी, लेखाका कर्मचारी, र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरु पालिकाको कार्यलयको मुख्य गेटमा शान्तिपुर्ण धर्नामा बसेर आन्दोलन गरिरहेको छ ।

सरकारले यस आर्थिक बर्ष २०७८/ ०७९ मा गरेको बजेट भाषणमा बाल बिकास केन्द्रको स.का . तथा बिद्यालय कर्मचारीको न्युनतम तलव १५ हजार पुर्याउने घोषणा गरेको छ । संघिय सरकारबाट ८ हजार र बाँकी ७ हजार स्थानीय तहले ब्यहोर्नुपर्ने बजेट भाषणमा उल्लेख छ ।

बजेट भाषण अनुसार आफुहरुको तलब वृद्धि हुनुपर्ने माग गरेर शान्तिपुर्ण आन्दोलन गरिरहेको लक्ष्मीपुर पत्तारी गापा बिद्यालय कर्मचारी कास ईकाई समितीका अध्यक्ष रामकुमार यादवले जनाएको छ । बिद्यालयमा काम गर्ने कासले ४५ सय, लेखाले ११ हजार ५ सय, सकाले ६ हजार न्यून तलब खाईपाई आईरहेको छ । जसमा चालु आर्थिक बर्ष देखि उनिहरुले खाईपाई आएको तलबमा संघिय सरकारबाट करिब २ हजार मात्र वृद्धि गरेको छ । साथै १५ हजार पुर्याउन बाँकी रकम स्थानीय तहबाट ब्यहोर्ने भनिएको छ ।

गाउँपालिकामा न्यून तलवमा काम गर्ने बिद्यालय तहको कर्मचारीहरुको मागप्रति आफुहरु सकारात्मक रहेको गाउँपालिकाले जनाएको छ । आन्दोलन पक्षलाई बार्तामा बस्न आग्रह गरेको छु, सम्भवत: आज बार्ता हुनेछ, गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए ।

बजेट भाषणमा सरकारले तलब वृद्धि त गर्यो `तर ´ संघिय सरकारबाट तलब वृद्धि गर्ने कुनै आधार र निर्देशिका गाउँपालिकामा पठाएको छैन्, अध्यक्ष साहले सुनाए । आन्तरिक श्रोत हाम्रो गाउँपालिकामा न्यून छ , सरकारले प्रदेश र केन्द्रबाट पठाउने अन्य बजेट निश्चित काम गर्न तोकैरै पठाएको हुन्छ, त्यसबाट तलव दिन मिल्दैन अध्यक्ष साहले भन्नुभयो । त्यैपनि हामी कार्यपालिकाको बैठक र गाउँसभामा उनिहरुको माग सम्बोधन गर्न पुर्णरुपमा पहल गर्ने प्रतिबद्धता छौ । माग जायज छ, त्यसमा हाम्रो समर्थन र सहयोग सदैव रहने छ, गाउँपलिका अध्यक्ष साहको भनाई छ । हाल गाउँपालिकामा बाल विकास केन्द्रमा सका २९ जना, कास १७ जना र लेखा ३ जना कार्यरत छन्

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved