Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कोभिड–१९ का कारण विदेशमा इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले नेपालमै गर्न पाउने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १२, २०७८ मा प्रकाशित

काठमाडौं । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ का कारण विदेशमा अध्ययन गरी प्रयोगात्मक अभ्यास पूरा गर्न नपाएका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने जनाएको हो । कोरोना महामारीका बेला चीनबाट नेपाल फर्केका र फेरि चीन जान नपाएका एमबीबीएस अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

विदेशी विश्वविद्यालयमा अध्ययन गरेका तर कोरोनाको महामारीका कारण इन्टर्नसिप गर्न जान नपाएका विद्यार्थीको विषयमा कार्यविधिबारे सुझाव दिन गठित कार्यदलको असोज ६ गतेको सिफारिस अनुसार आवश्यक प्रक्रिया पूरा गरेर इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । उक्त कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भई सैद्धान्तिक पढाइ पूरा गरेकाले मात्र इन्टर्नसिप गर्न पाउने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायहरुबाट मन्त्रालयमार्फत आवश्यक विवरण संकलन गर्ने भनी सिफारिस प्राप्त भए अनुसार विदेशमा चिकित्सा शिक्षा अध्ययनरत् तर कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नभएका इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन पनि मन्त्रालयले सूचना जारी गरेको छ ।

सूचनाअनुसार असोजको १२ देखि २२ गतेसम्म आवेदन मिति तोकिएको छ ।

हेर्नुहोस् सूचना

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved