Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

के हो राष्ट्रियता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १३, २०७८ मा प्रकाशित

थुनबाट रगत आइन्जेल निचोर्दा
पाप लागेन
फाटेको थुनबाट घाउका पाप्राहरु झरे
दुधको ठेकिमा
वाकवाकी लागेन
बाच्छाबाछीको सिगान मिसिएको
र्‍याल दल्यो
सुकेको कचौँडोमा
जात गएन धर्म गएन

बुढेसकालमा
थानकोटको डाँडो कटाइदियो
सडकको प्लास्टिक खाएर मर्यो बुढी गाई
कानुन लागेन
गाइको रगत मिसिएको जिबन चुसेर
भरे धर्मात्म भनौंदाहरुले
आफ्नो रुढिबादको घैला
र लेखे बिभेदकारी कानुनका उपधाराहरु

गाई काटन लगाउनेहरु सत्तामा पुगे
र रुद्री पुजा लगाएर
मार्क्स र लेनिनलाई लाई गौदान गरेर
भञ्ज्याङ् कटाए
शहरमा हल्ला चल्यो
गाई काटियो
रसुवा नुवाकोटका तामाङ समातियो

समात्न जानेले बिहान चपाएर गएको थियो
राँगाको सुकुटी
भाटा हान्नेले हसुरेर गएको थियो
सँगुरको साँप्रा
बहस गर्ने वकिलले दबाएर गएको थियो
चिकन र मटनको धारा र उपधारा
न्यायाधीश ज्युलाई खुब मनपर्छ
हाँसको छोयला !

मासु सबैको एउटै होइन र ?
के हो राष्ट ?
के हो राष्टियता ?
खसिको सुकुटी चपाउनेहरुको मात्र हो राष्ट ?
कि चिकन चिल्ली हसुर्नेहरुको मात्र हो राष्टियता ?

आज तिमिले जेल हालेको सार्किको छोरो
भोलि यो देशको प्रधानमन्त्री बनेर
बोकालाई रास्टिय जनवार घोषणा गर्यो भने
तिमी मान्छौ कि मान्दैनौ ?
त्यो समय सबैभन्दा ठूलो अपराधी को बन्ला ?
के सोचेका छौ ?

कि साकाहारी बन
प्राणी हत्या नगर
नत्र मासुको स्वादमा नलाद
तिम्रा बिभेदकारि कानुनका उपधाराहरु !

बि बि बिद्रोही २०७८/०६/०९

के हो राष्ट्रियता

थुनबाट रगत आइन्जेल निचोर्दा
पाप लागेन
फाटेको थुनबाट घाउका पाप्राहरु झरे
दुधको ठेकिमा
वाकवाकी लागेन
बाच्छाबाछीको सिगान मिसिएको
र्‍याल दल्यो
सुकेको कचौँडोमा
जात गएन धर्म गएन

बुढेसकालमा
थानकोटको डाँडो कटाइदियो
सडकको प्लास्टिक खाएर मर्यो बुढी गाई
कानुन लागेन
गाइको रगत मिसिएको जिबन चुसेर
भरे धर्मात्म भनौंदाहरुले
आफ्नो रुढिबादको घैला
र लेखे बिभेदकारी कानुनका उपधाराहरु

गाई काटन लगाउनेहरु सत्तामा पुगे
र रुद्री पुजा लगाएर
मार्क्स र लेनिनलाई लाई गौदान गरेर
भञ्ज्याङ् कटाए
शहरमा हल्ला चल्यो
गाई काटियो
रसुवा नुवाकोटका तामाङ समातियो

समात्न जानेले बिहान चपाएर गएको थियो
राँगाको सुकुटी
भाटा हान्नेले हसुरेर गएको थियो
सँगुरको साँप्रा
बहस गर्ने वकिलले दबाएर गएको थियो
चिकन र मटनको धारा र उपधारा
न्यायाधीश ज्युलाई खुब मनपर्छ
हाँसको छोयला !

मासु सबैको एउटै होइन र ?
के हो राष्ट ?
के हो राष्टियता ?
खसिको सुकुटी चपाउनेहरुको मात्र हो राष्ट ?
कि चिकन चिल्ली हसुर्नेहरुको मात्र हो राष्टियता ?

आज तिमिले जेल हालेको सार्किको छोरो
भोलि यो देशको प्रधानमन्त्री बनेर
बोकालाई रास्टिय जनवार घोषणा गर्यो भने
तिमी मान्छौ कि मान्दैनौ ?
त्यो समय सबैभन्दा ठूलो अपराधी को बन्ला ?
के सोचेका छौ ?

कि साकाहारी बन
प्राणी हत्या नगर
नत्र मासुको स्वादमा नलाद
तिम्रा बिभेदकारि कानुनका उपधाराहरु !

बि बि बिद्रोही २०७८/०६/०९

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved