Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चिकित्सकहरू भन्छन्– अन्तिम चरणमा कोरोनाको दोस्रो लहर, केस बढ्दैमा आत्तिने अवस्था अब रहँदैन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १३, २०७८ मा प्रकाशित

काठमाडौ । नेपालमा कोरोना संक्रमण दर ८ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घन्टाको तथ्यांकअनुुसार संक्रमण दर ओरालो लाग्नेक्रम जारी छ । तर, सामान्य अवस्थामा आउन भने ३ प्रतिशतभन्दा कम दैनिक संक्रमणदर हुनुपर्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार तीनजनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । १२ जनाको मृत्यु भएको छ ।

सरुवा रोग विज्ञहरूका अनुसार कोरोना दोस्रो लहरको अन्तिम चरणमा आइपुगेको छ । भाइरस विज्ञ डा.सन्तोष दुलाल क्रमशः संक्रमण घट्नुले दोस्रो लहर अन्तिम चरणमा पुगेको संकेत गर्ने बताउँछन् । ‘अझै ८ देखि १० प्रतिशतमा दैनिक संक्रमणदर देखिएको छ । केस घटे पनि जोखिम भने घटेको छैन । त्यसैले दसैँ–तिहारपछि पुनः केस बढ्न सक्छ,’ डा दुलालले भने, अहिले भारतबाट स्वदेश फर्कने नेपाली नागरिक बढ्दै गएका छन् । गाउँघरमा आवतजावत बढेको छ । यातायातमा विगतमा भन्दा भिडभाड बढेको छ । जनस्वास्थ्यको मापदण्ड पालना छैन । यसले केस बढाउने संकेत गरेको छ ।’

हालसम्म ६९ लाख ६० हजार आठ २८ जनाले पहिलो मात्रा र ६२ लाख पाँच हजार सात सय ७० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । कुल जनसंख्याको ३२ प्रतिशत पहिलो र २८ प्रतिशत नागरिकले दोस्रो मात्रा खोप लगाएको सरकारी तथ्यांक छ । चिकित्सकहरूले कोरोनाको खोप लगाउँदैमा कोरोना लाग्दैन भन्ने भ्रमबाट मुक्त हुन सबैमा आग्रह गरेका छन् । पछिल्लो समय दोस्रो डोज खोप लगाएकामा पनि संक्रमण देखिएको छ । तर, जटिल अवस्था भने छैन ।

दसैँपछि तेस्रो लहर आउला त ?
कोरोनाको तेस्रो लहर दसैँपछि सुरु हुन सक्ने चिकित्सकहरूले अनुमान गरेका छन् । कोरोना संक्रमण बढे पनि विगतमा जस्तो आत्तिनुपर्ने अवस्था नरहेको सरुवा रोगविज्ञ डा.शेरबहादुर पुन बताउँछन् । ‘विगतमा खोप थिएन, धेरै मानिसहरू संक्रमित थिएनन्, अस्पतालमा तयारी थिएन, चिकित्सक, नर्स जानकार थिएनन्,’ उनले भने, ‘अहिले खोप धेरैले लगाएका छन् भने संक्रमित भएर एन्टिबडी पनि धेरैमा बनिसकेको छ । त्यसैले अब संक्रमित हुँदैमा विगतको जस्तो भागाभाग हुने अवस्था आउँदैन ।’

कोरोना संक्रमण दोस्रो लहरको उत्कर्षमा पुगेर झरेको उनी बताउँछन् । ‘जति धेरैलाई खोप लगाउन सकिन्छ त्यति नै जटिल अवस्था पुग्नबाट रोक्ने हो । खोप धेरैभन्दा धेरैलाई लगाएपछि संक्रमित भए पनि अस्पतालमा पुग्ने बिरामी कम हुँदा ठूलो दुर्घटना हुने सम्भावना रहँदैन,’ पुनले भने, ‘नेपालीहरू कडा समस्या नहुँदासम्म अस्पताल आउँदैनन्, त्यसैले जति खोप लगायो त्यति अस्पतालमा चाप कम हुन्छ ।’

डा.पुनका अनुसार डेल्टा भेरिएन्टको निरन्तरता अहिले पनि छ । तर, यसले सिकिस्त नबनाउने उनको तर्क छ । ‘भेरिएन्टको निरन्तरता नयाँ नहुनु, खोपको प्रयोग तीव्र रूपमा बढाउँदै लैजानु, धेरै संक्रमित भएको अवस्थाले जोखिम घटाउँदै लगेको छ । केस पुनः बढ्न सक्छ, तर गम्भीर हुने डर कम हुन्छ,’ उनले भने ।

हाल देशभर कोरोनाका १८ हजार चार सय २२ जना सक्रिय संक्रमित छन् । घरमा १७ हजार एक सय २५ जना छन् भने अस्पतालमा एक हजार दुई सय ९७ जना छन् । एक सय २० जना भेन्टिलेटर र तीन सय ६४ जना आइसियूमा उपचाररत छन् । हालसम्म ११ हजार एक सय १५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved