Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सीता भण्डारी मृत्यु भएको २७ दिनमा प्रहरीको सार्वजनिक गर्‍यो अनुसन्धान प्रतिवेदन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १६, २०७८ मा प्रकाशित

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारीले आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार २७ दिन लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै उनले आत्महत्या गरेको दाबी गरेको हो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको संयुक्त अनुसन्धानबाट भण्डारीले आत्महत्या गरेको पाइएको बताए । पत्रकार सम्मेलनमा एसपी केसीले भने ‘सिआइबी र हाम्रो अनुसन्धान, विशेषज्ञ टोलीको पोस्टमार्टम रिपोर्ट, मृतकको मोबाइलमा भेटिएको सुसाइट नोट, घटनासँग जोडिएका ३३ जनासँग गरिएको सोधपुछ तथा सिसिटिभी फुटेज सबैको अनुसन्धानबाट भण्डारीको मृत्यु आत्महत्याबाट भएको पाइएको छ ।’

एसपीले घटना आत्महत्या भए पनि आत्महत्या गर्न बाध्य पारिएकाले घटनामा संलग्न तीनजनालाई आत्महत्या दुरुत्साहन मुद्दामा कारबाहीका लागि आइतबार अदालत पठाउने तयारी गरिएको जानकारी दिए । ‘२७ दिन लामो र विभिन्न कोणबाट गरिएको अनुसन्धानले भण्डारीको मृत्यु आत्महत्याबाट भएको खुले पनि आत्महत्या गर्न बाध्य पारिएको अवस्था देखिएको छ,’ उनले भने, ‘त्यसैले हामीले आत्महत्या दुरुत्साहन मुद्दा अगाडि बढाउँदै छौँ । घटनामा संलग्नलाई सरकारी वकिलमार्फत आइतबार अदालतमा उपस्थित गराउँछौँ ।’

एसपी केसीले पीडित परिवारको मागअनुसार सबै तरिकाबाट अनुसन्धान गरेको र सबैलाई प्रहरी कार्यालयमै बोलाएर अनुसन्धानका रिपोर्टहरू प्रस्तुत गराएको जानकारी दिए । तर, पीडित परिवार र स्थानीयले भने आत्महत्या नभई हत्या भएको भन्दै शुक्रबार पनि आन्दोलन गरेका छन् । उनीहरूले केही दिनदेखि सिद्धार्थ राजमार्गमा लगातार प्रदर्शन गर्दै आएका छन् ।

सीताकी आमा पुनम भण्डारीले भने छोरीको लास सिरानीमाथि हुनु, अनुहारमा रगत हुनु, घटनाबारे आफूहरूलाई ढिला खबर गर्नुले हत्या नै गरेको हो भन्ने पुष्टि हुने भन्दै हत्या अभियोगमा मुद्दा अघि बढाउन माग गर्दै आएकी छिन् । प्रहरीले भने घटनास्थलमा भेटिएको सीताको आइफोन मोबाइलको नोटमा मृत्युअघि सुसाइड नोट लेखेको पाइएको बताएको छ । घटनास्थलमा सीताको मोबाइल फोन भेटिएको थियो ।

‘मृतक सीता र उनका पतिबीच आदानप्रदान हुने म्यासेज विश्लेषणका लागि सो मोबाइल सेट ‘डिजिटल फोरेन्सिक ल्याब’ पठाइएको थियो,’ प्रहरी प्रतिवेदनमा उल्लेख छ, ‘ल्याबले सो मोबाइल सेटमा भेटिएको रोमन अक्षरमा लेखिएको ‘सुसाइड नोट’ र उनका श्रीमान् टीका पौडेलबीच हुने गरेको एसएमएसको ‘प्याटर्न’ मिलेको भन्ने प्रतिवेदन दिएको छ ।’

एसपी केसीका अनुसार आत्महत्याअघि राति १२ बजेर १७ मिनेटमा सुसाइट नोट लेखिएको थियो । ‘सुसाइट नोटमा …..मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म सकिनँ बाँच्न’ भनेर लेखिएको एसपी केसीले बताए । घटनापछि आफन्तले सुरुमा आत्महत्या दुरुत्साहनको किटानीसहित जाहेरी दिएका थिए ।

सोही आधारमा प्रहरीले सीताका श्रीमान् टीका पौडेल, जेठाजु हरि पौडेल र आमाजू विष्णु पौडेललाई नियन्त्रणमा लिइएको थियो । केही दिनपछि आफन्तले हत्याको किटानी जाहेरी दिएका थिए । त्यससँगै सीताको शव नउठाई उनीहरूले अनुसन्धानमा थप दबाब दिएका थिए । सीताको शव अहिले पनि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमै छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved