Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपुरमा ईन्टरनेट सेवाप्रदायकले ४ बर्ष देखि तिरेनन पोलभाडा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १७, २०७८ मा प्रकाशित

कावासोती । नवलपुरमा रहेका ईन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको पोलमा आफ्नो तार टाँगेर सेवा विस्तार गरेवापत तिर्नुपर्ने पोलभाडा उनिहरुले ४ बर्ष सम्म पनि नबुझाएका हुन् ।

नेपाल बिद्युत प्राधिकरण कावासोतीका प्रमुख अमित कुमार कर्णले २०७४ सालमा नयाँ दररेट कायम भएपछि कुनै पनि कम्पनीले प्रधिकरणलाई पोलभाडा नबुझाएको जानकारी दिए । पोल भाडा बुझाउन आउन पटक पटक पत्रचार गरेपनि ईन्टरनेट सेवा प्रदायक सस्थाहरुले बुझाएका छैन ।

कर्णका अनुसार कतिपय सेवा प्रदायक सस्थाहरुले चिठी बुझ्न समेत नमानेको कर्णले बताए । पटक पटक पत्रचार भयो, कयौं पटक ताकेता गर्यौं, तर पनि उहाँहरुले ४ बर्ष देखि एक रुपैया पनि बुझाउनु भएको छैन । उहाँहरुलाई आफ्नो डाटा बुझाउन भनेपनि डाटा समेत बुझाएका छैन । उनले फेरी एक पटक सबै सेवा प्रदायकलाई पत्रचार गरेर बोलाउने र भाडा तिर्न अनुरोध गर्ने बताए । उनले राज्यको कानुन सबैले मान्नु पर्ने भन्दै कानुन उलंघन गर्नेलाई कारवाही हुने बताए ।

उता नवलपुर जिल्लामानै दर्ता दर्ता रहेको ईन्टरनेट सेवा प्रदायक कम्पनी कस्मिक नेट प्रा.लिका प्रवन्ध निर्देशक केशब प्रसाद भट्टराईले प्राधिकरणले अनाबश्यक रुपमा धेरै भाडा लिएकाले पोल भाडा तिर्न नसकिएको बताए । उनले जनतालाई मार पर्ने हिसावले पोल भाडामा बृद्धी गरेकाले नयाँदररेट कायम भएपछि भाडा नबुझाएको स्विकार गरे ।

प्राधिकरणले २०७४ साल अघि प्रति पोल नगरपालिमा १ सय ५० र गाउँपालिकामा प्रति पोल १ सय भाडा लिँदै आएको थियो । २०७४ सालमा नयाँ दररेट कायम भएपछि प्राधिकरणले प्रति किलोमिटर १२ हजार भाडा तोकेपनि कसैले पनि सो भाडा बुझाएका छैनन् । टेलिकम र एनसेल बाहेक नवलपुर जिल्लामा १३ वटा कम्पनीले ईन्टरसेवा प्रदान गर्दै आएका छन् । ति मध्य २ वटा कम्पनी नवलपुरमा नै दर्ता भएर संचालित छन् ।

नेपाल बिद्युत प्राधिकरणले पोल भाडा नबुझाएपछि चितवनको भरतपुर सहित देशका मुख्य शहरहरुमा ईन्टरनेटको तार काटिदिएको छ । तार काटिएपछि व्यवसायीहरु अहिले आन्दोलित छन् ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved