Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै मकुना हात्ती मृत भेटियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १७, २०७८ मा प्रकाशित

सुनसरी, १७ असोज । सुनसरीस्थित रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत अवस्थामा भेटिएको छ । एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार विहान कोशी गाउँपालिका वडा नम्वर ३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको आरक्ष प्रशासनले जनाएको छ ।

गत पुसमा चितवन राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तु चिकित्सक र प्रविधिक टोलीले मकुनालाई शान्त बनाउन डार्ट गरी उपचार गरेको थियो ।
आइतबार बिहान ५ बजेतिर मकुना मृत भेटिएको आरक्ष प्रमुख अशोक रामले बताए । उनका अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेको उनले बताए ।

उनका अनुसार शनिबार राति १ बजेसम्म आरक्षका कर्मचारीले मकुनाको निगरानी गरेका थिए । पानी परेका कारण हात्ती त्यसपछि हराएको थियो । ‘राति करिब १ बजेसम्म हात्ती निगरानीमा थियो,’ उनले भने, ‘आरक्ष बाहिर सुतेको जानकारी आएपछि बिहान ५ बजे जंगलतर्फ धपाउन जाँदा मृत भेटियो ।’
स्थानीय कमलादेवी सरदारको खेतमा हात्ती मृत भेटिएको हो । धानखेतमा करेन्ट बिच्छयाइएको छ । करिब ३२–३३ वर्षीय मकुना हिंस्रक मानिन्छ । मकुनाको आक्रमणबाट आरक्ष आसपास १६ जनाले ज्यान गुमाई सकेको स्थानीयको भनाइ छ ।

‘हात्ती मृत भेटिएको स्थानमा करेन्ट बिच्छयाएको जानकारी पहिले थिएन,’ प्रमुख रामले भने, ‘पाक्नेबेलाको धानबाली सुरक्षाका लागि करेन्ट लगाइएको रहेछ ।’ हात्तीको पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved