Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भारतीय केरा आयातमा तत्काल रोक लगाउन चितवन केरा उत्पादक सङ्घको माग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १८, २०७८ मा प्रकाशित

चितवन । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । संघले विज्ञप्ति जारी गर्दै भारतीय केराको आयातले नेपाली केरा किसान मारमा परेको जनाएको हो ।

भारतबाट वैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद कुरा रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्राथमिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहनु तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको जनाइएको छ ।

देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरिद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लगाउन हामी माग गर्दछौं।’

नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने स्थितिमा पुग्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको सङ्घको आरोप छ । नेपालको चेक पोस्टमा भारतीय केराको विषादी कडाइका साथ जाँच गर्न, आयात हुने केराको भन्सारदर वृद्धि गरी अंकुश लगाउनाका साथै नेपाली केराको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

यदि भारतीय केरा आयातमा तत्काल रोक नलगाए सम्पूर्ण केरा किसानहरु आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । चितवनमा हाल ७१२ व्यावसायिक किसानले केरा खेती गर्दै आएका छन् । जिल्लामा तीन हजार ५० विघा जमिनमा केराखेती हुँदै आएको छ ।

ताजा समाचारहरु

FB_IMG_1781439497774

नेपाली चिया निर्यात संकट तत्काल समाधान गर्न सांसद सुहाङ नेम्बा...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.