Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अख्तियारबिरुद्ध जनकपुरधाममा जसपाद्वारा विरोध जुलुस

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १८, २०७८ मा प्रकाशित

सिताराम साह
रौतहट । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ ।

जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको थियो । प्रदर्शनकारीले ‘मधेसविरोधी अख्तियार मुर्दावाद, संघीयताविरोधी अख्तियार मुर्दावाद, अख्तियारका प्रमुख प्रेमकुमार राई राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

जसपाले प्रदेश २ को सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा पनि अख्तियारविरुद्ध प्रदर्शन गरेको छ । पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत जसपा जिल्ला समितिले प्रदेशका आठै जिल्लाका सदरमुकाममा हिजो साँझ मसाल जुलुस निकालेको थियो ।

बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत खरिद गरेको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो ।

अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, जसपाले छापामार शैलीमा संघीयता समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै सडकमा विरोध जनाएको हो । अख्तियारले छापा मारेलगत्तै मुख्यमन्त्री राउतले संघीयताविरोधीको षड्यन्त्र भएको बताएका थिए ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved