Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हेटौंडामा बजार अनुगमन, तीन व्यवसायीलाई जरिवाना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १९, २०७८ मा प्रकाशित

मकवानपुर । हेटौंडामा बजार अनुगमनको क्रममा तीनवटा पसल सञ्चालक कारबाहीमा परेका छन् । संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा उपभोक्ता हित विपरीत काम गर्ने पसल सञ्चालकलाई कारबाही गरेको हो । तीनवटा पसललाई कारबाही गरेर ४० हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको र एउटा औषधि पसलमा तालाबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरेर मकवानपुरमा असोज ११ गतेदेखि नै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको बजार अनुगमन टोलीले बजार अनुगमन गरिरहेको छ । अनुगमन टोलीले ५७ वटा खाद्यान्न तथा किराना पसल, २७ वटा होटल तथा रेष्टुरेण्ट र ११ वटा औषधि पसलको अनुगमन गरिसकेको छ । खरिद बिल पेश नगरेको एउटा खाद्यान्न तथा किराना पसललाई १५ हजार, मूल्यसूची नराखेको र सरसफाइमा समेत ध्यान नदिएकाले एउटा होटललाई १० हजार रुपैयाँ र फार्मेसिष्ट नराखी औषधि बिक्री गर्ने औषधि पसलमा ताला लगाउनुको साथै एउटा औषधि पसललाई १५ हजार रुपैयाँ जरिवाना लिइएको प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले जानकारी दिए ।

अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची प्रष्ट देखिने ठाउँमा राख्न, सरसफाइ गर्न, ग्राहकलाई बिल दिन, मास्क लगाउन तथा भीडभाड नगरी वस्तु तथा सेवा बिक्री गर्न सुझाव दिइएको उनले बताए ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved