Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एमाले सांसदका अवरोधका बीच प्रतिनिधि सभामा वार्षिक प्रतिवेदन पेश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १९, २०७८ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउनासाथ एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका हुन् ।

सभामुख सापकोटाले पटक-पटक सभाको बैठक सुचारु गर्न साथ दिन आग्रह गरेपनि एमाले सांसदहरुले अवरोध गर्न छोडेनन् । सभामुखले संविधानको धारा १ सय ५ मा भएको व्यवस्था अनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसदमा छलफल हुन नसक्ने बताए । यस्तै उनले प्रतिनिधि सभा नियमावलीको नियम २१ को ख ग र घ मा भएको व्यवस्थाको पनि स्मरण गराउँदै सदन अघि बढाउन आग्रह गरे ।

एमालेले कारबाही गरेका १४ संसदमाथिको कारबाहीको सूचना टाँस नगरेको र सदनमा जानकारी नगराई सभामुखले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिए ।

कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागी स्थगित गरिएको छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved