Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मन्त्रालयको भागवण्डा : कांग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई ४-४ वटा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १९, २०७८ मा प्रकाशित

काठमाडौं । सरकारमा मन्त्रालयको भागवण्डा लगभग टुंगिएको छ । मंगलबार विहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगिएको नेताहरुले बताएका छन् ।

सबैको सहमतिमा सरकरको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ८ वटा मन्त्रालय सम्हाल्ने भएको छ । हाल कांग्रेसले गृह, परराष्ट्र र कानून लिइसकेको छ अब उसले सञ्चारसहितका मन्त्रालय लिनेछ । माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । उसले अहिले अर्थ र उर्जा मन्त्रालय लिइसकेको छ । अब उसले शिक्षासहितका मन्त्रालय पाउनेछ ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान चार/चार मन्त्रालय पाउने निर्णय भएको छ । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि मन्त्रालय पाएको छ ।

जसपाले उपसभामुख पाउने सहमति, अरुलाई राज्यमन्त्री

एक नेताका अनुसार सत्तारुढ दलहरुबीच राज्यमन्त्री र उपसभामुख पदको पनि भागवण्डा भएको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकएक राज्यमन्त्री लिएको छ भने जसपाले उपसभामुख पाउने लगभग सहमति भएको छ ।

प्रधानन्यायाधीशलाई छुट्याइएन भागवण्डा

सत्तारुढ दलका नेताहरुका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पनि मन्त्रालयमा भाग खोजेका थिए । जबराले वन र उद्योग मन्त्रालयको दाबी गरेका थिए । मन्त्रालय भागवण्डा मिलाउन नसक्ने अवस्था आएपछि सञ्चार तथा प्रविधि मन्त्रालय दिए एउटा मात्र लिने बताएका थिए ।

तर प्रधानमन्त्री देउवाले सञ्चार नदिने अठोट गरेका छन् । त्यसैले मंगलबार भएको भागवण्डामा जबरालाई छुट्याइएको छैन । सत्तारुढ दलका एक नेता भन्छन्, ‘कांग्रेसले ८ वटा मन्त्रालय राखेको छ, अब त्यहीँबाट मिलाउनुहुन्छ होला ।’

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved