Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

तीन चक्के टेम्पो खरिदमा फाइनान्सको सुविधा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २०, २०७८ मा प्रकाशित

वीरगन्ज । वीरगन्ज बसपार्क स्थित लक्ष्मी मोटर्स प्रा.लि. र एन.आई.सि. एसिया लघुवित्तबीच तीन चक्के टेम्पोको फाइनान्स गर्ने सहमति भएको छ । मध्यम वर्गका व्यक्तिहरुले आफ्नो टेम्पो व्यावसाय संचालन गर्नका लागि क्रेताहरुको सहयोग पुग्ने उद्देश्यले एन.आई.सि. एसिया लघुवित्तसँग टेम्पो फाइनान्स गर्ने सहमति गरेको हो ।

जे.एस.ए. अटो प्राइभेट लिमिटेडको आधिकारिक विक्रेता वीरगन्ज बसपार्क स्थित श्री लक्ष्मी मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक अरुण कुशवाहा र एन.आई.सि. एसिया लघुवित्त सँस्था लालबन्दीका उप निर्देशक ढाल प्रसाद तिमिल्सिनाबीच अटो टेम्पोको फाइनान्स गर्ने लिखित सहमति भएको हो । लक्ष्मी मोटर्स प्रा.लि.को कार्यालयमा भएको सहमतिमा विभिन्न प्रकारको १० बुंदे सहमति भएको हो, जसमा टेम्पो किन्ने क्रेताको सुविधादेखि लघुवित्तले लगानी गर्दा अपनाउनुपर्ने सुरक्षाको विषयलाई समेटिएको छ ।

मुलुकमा अधिकाँश युवाहरु बेरोजगार रहेको अवस्थामा सानै लगानीमा आफ्नो व्यावसाय शुरु गर्न सक्ने अवस्थालाई मध्य नजर गर्दै लक्ष्मी मोटर्स प्रा.लि.ले फाइनान्सको सुविधा ल्याएको प्रबन्ध निर्देशक कुशवाहाले जानकारी दिए ।

उनका अनुसार तीन चक्के टेम्पो खरिद गर्दा एकै पटक भुक्तानी गर्न सक्ने अवस्था नरहेको पनि व्यक्तिहरु हुन्छन्, जसले आफ्नो जीविकोपार्जनका लागि व्यावसाय संचालन गर्न चाहन्छन्, तर सवारी किन्न सक्दैनन्, त्यस्ता मध्यम वर्गका व्यक्तिहरुको सहुलियतको लागि यो फाइनान्स सुविधा ल्याइएको बताए ।

यो फाइनान्सको सुबिधाले गर्दा कुनै व्यक्तिले कम्तिमा ४० प्रतिशत नगद भुक्तान गरि फाइनान्स गराएर तीन चक्के टेम्पो किन्ने सक्ने अवस्था सृजना भएको छ । सवारी किन्दा लघुवित्त र टेम्पोको अधिकृत विक्रेताबीच भएको सहमति अनुसार फाइनान्स गराउँदा क्रेताहरुले केही शर्तहरु पनि पुरा गर्नुपर्ने निर्देशक कुशवाहाले बताए । यस फाइनान्सले खास गरेर मध्यम वर्गका मजदुरहरुले लाभ लिन सक्ने उनको भनाई छ ।

साहुको टेम्पो भाडामा लिएर चलाउने चालकहरुले पनि यो सुविधाको सदुपयोग गर्दै आफ्नै टेम्पो किन्न सक्ने वातावरण सृजना भएको बताइएको छ । श्री लक्ष्मी मोटर्स प्रा.लि. जे.एस. ए. टेम्पोको नेपालको लागि आधिकारिक विक्रेता हो ।

ताजा समाचारहरु

FB_IMG_1781439497774

नेपाली चिया निर्यात संकट तत्काल समाधान गर्न सांसद सुहाङ नेम्बा...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.