Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगाना बर्खास्त

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २०, २०७८ मा प्रकाशित

काठमाडौ । चार वर्षका लागि नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई २७ महिना बाँकी छँदै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको छ ।

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुुअगावै छोरीको नामबाट सेयर खरिद गरिएका कारण उनी १६ भदौदेखि निलम्बनमा थिए । अघिल्लो साताको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । त्यसअघि सरकारले न्यायिक छानबिन समिति गठन गरेको थियो, जसले ढुंगानालाई बर्खास्त गर्न सिफारिस गरेको थियो ।

बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा सेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गरेका थिए । ढुंगानाका अन्य नातेदारको नाममा पनि सेयर खरिद भएको खुलेको थियो । धितोपत्र बोर्डका अध्यक्षको छानबिन न्यायिक समितिबाट हुनुपर्ने व्यवस्थाअनुसार मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । अर्थ मन्त्रालयले समेत यसअघि छानबिन समिति बनाएर अध्ययन गरिरहेको थियो ।

पूर्वन्यायाधीशको संयोजकत्वमा बनेको समितिले समेत प्रतिवेदन पेस गरिसकेको छ । स्रोतका अनुसार ढुंगानाले सर्वोत्तमको सेयर खरिद गर्नुलाई पदीय दायित्वभन्दा बाहिर गएर गल्ती गरेको प्रतिवेदनले उल्लेख गरेको छ । धितोपत्र ऐन, २०६३ ले अध्यक्षले बोर्डलाई हानि–नोक्सानी पुर्‍याई बोर्डको हित वा पुँजी बजारको विकासविपरीत हुने गरी काम–कारबाही गरेमा नेपाल सरकारले तोकिएबमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्ने व्यवस्था गरेको छ ।

तर, यसरी पदबाट हटाउनुअघि अध्यक्षलाई आफ्नो पक्षमा सफाई पेस गर्ने उचित अवसर प्रदान गर्नुपर्ने पनि व्यवस्था गरेको छ । धितोपत्र बोर्डको अध्यक्षको पदावधि चार वर्षको हुने र पुनः बढीमा चार वर्षका लागि नियुक्त हुन सक्ने व्यवस्था छ । २१ पुस ०७६ मा नियुक्त ढुंगाना २१ महिनामै पदमुक्त भएका हुन् । कार्यकाल पूरा नहुँदै अध्यक्ष वा कुनै सदस्यको पद रिक्त भएमा सरकारले सो पदमा बाँकी अवधिका लागि कुनै व्यक्तिलाई नियुक्त गर्न सक्ने व्यवस्था छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved