Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

टिकटक बनाउन सुनको सिक्री लिएर फरार भएका दुई महिला पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २०, २०७८ मा प्रकाशित

काठमाडौं । टिकटक बनाउनका लागि भन्दै लिएको सुनको सिक्री लिएर फरार भएका दुई महिला पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं–३२, जडीबुटीमा बस्दै आएकी १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रेकै नमोबुद्ध नगरपालिका–८ घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएकी रोशनी भन्ने सुनिता तामाङ छन् ।

उनीहरूले एक पुरुषलाई बोलाएर होटलको कोठामा लगी सुनको सिक्री लिएर बेपत्ता भएका थिए । जिल्ला दोलखा मेलुङ्ग गाउँपालिका–४ घर भई हाल काठमाडौं बौद्ध बस्ने ती पुरुषलाई यूनिसा र सुनिताले फोन गरी एयरपोर्ट बोलाएका थिए ।

एयरपोर्टबाट उनीहरूले ती पुरुषलाई ट्याक्सीमा राखी ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेज पुर्‍याएका थिए।

यसपछि युनिसाले टिकटक बनाउन्छु भनी करिब अढाई लाख पर्ने सुनको सिक्री ती पुरुषबाट लिएकी थिइन्। तर केही छिनमा नै उनीहरूले साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा जाने कुरा बताइन्। यसपछि उनीहरू तीनै जना उक्त होटलमा पुगेका थिए। त्यसबेलासम्म पनि सिक्री युनिसाकै साथमा थियो।

होटलको कोठामा पुगेपछि सुनिता तामाङ र ती पुरुषलाई मात्र होटलको कोठामा छाडेर बाहिर निस्किएकी थिइन् । यसपछि सुनिताले रेडमी कम्पनीको मोबाईल कोठामा छोडी बाहिरबाट कोठा बन्द गरी बाहिरिएकी थिइन्।

पीडित पुरुषको उजुरीपछि उनीहरू दुवै जनलाई प्रहरीले गोगबुबाट सोमबार पक्राउ गरेको हो । उनीहरूविरुद्ध ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। न्यूज२४बाट

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved