Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कपिलवस्तुमा फैलिएको झाडापखालाबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ३ जनाको टोली

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २१, २०७८ मा प्रकाशित

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा फैलिएको हैजाको जस्तै लक्षण भएको झाडापखाला र पानीजन्य प्रकोपबारे स्थलगत अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ ।

महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतमसहितका टोलीलाई प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । प्रकोपको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धानका लागि औषधि र आवश्यक सामग्री सहित चिकित्सकको टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा परिचालित भएको डा. पौडेलको भनाइ छ ।

प्रकोपबाट अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ । पौडेलले भने ‘कृष्णनगरको वडा नम्बर ३, ४, ७, ८, ९ र १२ मा गरी ३७० जना मानिस बिरामी परेको रिपोर्ट हामीले पाएका छौं । जसमध्ये २२८ जना अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचाररत मध्ये ३२ जनालाई तौलीहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ ।’

प्रकोप फैलिएको ठाउँमा थप सजगता अपनाउन र पानी उमालेर मात्रै पिउन माइकिङ गरेर अनुरोध गरेको प्रवक्ता डा. पौडेलले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालयको आपसी समन्वयमा औषधि तथा जनशक्ति परिचालन गरी झाडापखला नियन्त्रणका लागि प्रयास भइरहेको उनले बताए ।

५० हजार ट्याब्लेट क्लोरिन पठायो मन्त्रालयले

पानी शुद्धीकरणका लागि प्रभावित क्षेत्रमा ५० हजार ट्याब्लेट क्लोरिन पठाइएको प्रवक्ता डा. पौडेल बताए । प्रभावित क्षेत्रमा उमालेर मात्र पानी पिउन सर्वसाधरणलाई अनुरोध गर्ने, पानीजन्य प्रकोपबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउने लगायतका प्रयास भइरहेको उनले बताए ।

नगरपालिकामार्फत वडा–वडामा पानी उमालेर मात्रै पिउनका लागि चेतनामूलक कार्यक्रम अघि बढाउन अनुरोध गरिएको गरिएको छ ।

प्रदुषित पानीबाट संक्रमण फैलिएको आशंका

पिउने पानी आपूर्तिका लागि बिच्छ्याइएको पाइप फुट्दा उक्त ठाउँबाट नै संक्रमण फैलिएको हुन सक्ने मन्त्रालयले अनुमान गरेको छ ।

प्रवक्ता डा. पौडेलले भने, ‘पानीको पाइप फुटेको ठाउँबाट प्रदूषित पानी सर्वसाधरणको घरघरमा पुग्दा संक्रमण फैलिएको हो कि भन्ने आशंका छ । त्यसैले सो ठाउँको पानी र बिरामीको दिसाको नमुना प्रयोगशालामा परीक्षण भइरहेको छ ।’

पानी र दिसाको नमुना जाँचको रिपोर्ट आएपछि मात्रै रोगको प्रकोपका कारण थाहा पाउने उनले बताए । त्यहाँ फैलिएको प्रकोप हैजा हो कि हैन भनेर पुष्टि नमुना जाँचको रिपोर्ट आएपछि मात्रै हुने उनको भनाइ छ ।

मन्त्रालय के गर्दैछ ?

मन्त्रालयका प्रवक्ता डा. पौडेलले प्रकोपबाट बढी प्रभावित व्यक्तिहरुको उपचारलाई पहिलो प्राथमिकतामा राखेर प्रकोप नियन्त्रणको प्रयास भइरहेको बताए । बिरामीको उपचारका साथ–साथै प्रकोपबारे अध्ययन गर्ने कार्यलाई पनि तीव्रता दिइने उनले बताए । प्रारम्भिक रिपोर्ट अनुसार प्रदूषित पानीकै कारण संक्रमण फैलिएको देखिएको छ ।

पानी कसरी प्रदूषित हुन पुग्यो ? कुन किटाणुले संक्रमण फैलाएको हो ? शुरुमा कुन ठाउँमा कसलाई भएको हो ? अरु व्यक्तिहरुमा कसरी पुग्यो ? भन्नेबारे मन्त्रालयले अध्ययन गरिरहेको छ,’ डा. पौडेलले भने, ‘यसका लागि ५ जना बिरामीको दिसाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण भइरहेको छ ।’

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved