Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सरकारले पुर्णत पायो, नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले लिए शपथ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २२, २०७८ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रमका बीच मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्।

प्रधानमन्त्री देउवाले आज शुक्रबार नै मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी १६ मन्त्री र दुई राज्यमन्त्रीलाई जिम्मेवारी दिएका हुन्। यससँगै देउवा नेतृत्वको सरकारले ८८ दिनपछि पूर्णता पाएको छ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका क्रममा ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै, यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठको जिम्मेवारी हेरफेर गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ। नयाँ थपिने मन्त्रीहरू राजेन्द्रप्रसाद श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या, मीनेन्द्रप्रसाद रिजाललाई रक्षा मन्त्रालय, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालय, रेनुकुमारी यादवलाई भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, दिलेन्द्रप्रसाद बडूलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी, देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महिन्द्रराय यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र रामकुमारी झाँक्रीलाई सहरी विकास, गजेन्द्रबहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रामसहायप्रसाद यादवलाई वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र महेश्‍वरजंग गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

साथै, भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र बोधमायाकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved