Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चिनियाँ कम्पनीले निर्माण ढिलाई गर्दा विमानस्थल सुचारु हुन सकेन, भिजिट मधेशद्वारा विरोध

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २३, २०७८ मा प्रकाशित

भैरहवा । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले निर्माण ठेक्का लिएकाे भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण कार्य ताेकिएकाे समयमा सम्पन्न नगर्दा भिजिट मधेशद्वारा सुक्रवार भैरहवामा विराेध प्रदर्शन गरिएकाे छ ।

विमानस्थल निर्माण कार्यमा चिनियाँ ठेकदार कम्पनीले जानीजानी ढिलाइ गरेको भन्दै भिजिट मधेशले विरोध कार्यक्रम गरेको हो । यथाशिघ्र हवाई मार्ग सुचारु गर्न र मजदूरको ज्याला वापतको बाँकी रकम उपलब्ध गराउन माग राख्दै विरोध कार्यक्रम गरिएको भिजिट मधेशका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक महेन्द्र गुप्ता (प्रशान्त) ले बताए ।

उनले भने, तराई–मधेशको पर्यटन प्रवर्धनका लागि भिजिट मधेशले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको छ। भिजिट मधेश नेपालले जिल्ला कार्यसमितिकाे संयाेजनमा रोहिणी गाउँपालिका–३ स्थित बैकुण्ठपुरमा विराेध कार्यक्रम गरेकाे हाे ।

३१ डिसेम्बर २०१४ मा लगभग रु ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको हाे । ठेक्का लिएर निर्माण सुरु भएको ७ वर्ष पूरा भएको छ । ६ पटक म्याद थप्दा पनि विमानस्थल बनेन । तीन बर्ष अघि नै विमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आउनु पर्नेमा हालसम्म निर्माण सम्पन्न हुन नसक्नु र हरेक वर्ष निर्माण लागत बढ्दै जानुले राष्ट्रिय गौरबको आयोजनामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरण मार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले भने धेरै काम बाकी रहेकाले थप समयकाे माग गरिएकाे हाे ।

निर्माण ढिलाई हुनुकाे मुख्य कारणहरूः

ग्लोबल टेन्डर मार्फत् चिनियाँ कम्पनीले ठेक्का पाएँसगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको ९ महिनासम्म एमाले निकट नारायण कार्कीको नाममा रहेको हिमालय इन्फ्राटेक प्रालिले चिनियाँसँग मिलेर स्थानीय ठेकेदार भएर काम गरेको थियो ।

कार्कीको मातहतमा एमालेका युवाहरुले अर्को कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपाल प्रालि अनौपचारिक रुपमा संलग्न गराए । त्यसपछि हिमालय इन्फ्राटेक बाहिरियो र पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक खनाल र रुपन्देहीका एमाले नेता राजु गुरुङ्गको संलग्नतामा नर्थ वेष्टले चिनियाँ कम्पनीसँग प्रत्यक्ष काममा जोडिन पुग्याे ।

त्यस अघि यो कम्पनीले सामान सप्लायर्सको मात्र काम गर्ने गरेको थियो । नर्थ वेष्ट इन्फ्राले चिनियाँ कम्पनीँसग आयोजनाको ८० प्रतिशत काम गर्ने आन्तरिक सम्झौता गरेको थियो । तर राजनीतिक र आर्थिक स्वार्थको द्वन्द्व बढ्दै गएपछि मुख्य ठेकेदार र स्थानीय ठेकेदारको सम्बन्ध बिग्रँदै गयो ।

जसले चिनियाँ कम्पन्नीले नर्थवेष्टलाई अलग गर्याे । त्यति बेलासम्म आयोजनाको २७ प्रतिशत काम सकिएको थियो । जसलाई बढी खर्चिलो, कम नाफामूलक अर्थात् जमिनमुनी र सतहका संरचना निर्माण भनिएको छ । नर्थवेष्ट अलग भएपछि पनि एमाले युवाको अर्को समूह यती आयोजनामा आफूहरुले काम पाउनु पर्ने भन्दै लबिङ्गमा लागेका थिए ।

सम्झौता अनुसार भुक्तानी नदिएपछि इन्फ्रा मातहतका कर्मचारी आन्दोलनमा उत्रिँदा चिनियाँ कम्पनीले दराजको ताला फुटाएर सझौता पत्र गायब पारेको आरोप छ ।

भुक्तानीको झमेला
आयोजना गतिहीन भइरहेका बेला चिनियाँ ठेकेदारबाट करोडौं रकम भुक्तानी नपाएको भन्दै स्थानीय व्यवसायी आक्रोसित भएका थिए । उनीहरुले स्थानीय ठेकेदार इन्फ्रा मार्फत् काम गरेका थिए । त्यस समय चिनियाँ कम्पनीले ३२ करोड रुपैयाँ स्थानीय व्यवसायीलाई भुक्तानी गर्न सकेको थिएन भने अहिले यो रकम बढेर १ अर्ब पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । तर चिनियां ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएशनकाे अनेकाैं लापरवाहीका कारण काम समयमा सम्पन्न नहुने स्थिति उत्पन्न भएपछि विराेध हुन थालेकाे छ ।

ताजा समाचारहरु

IMG-20261025-WA0000

सात विश्व सम्पदा स्थल जोड्दै साइकल र्‍याली, पोलियो उन्मूलनको स...

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792911366831

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

  • कार्तिक ८, २०८३ मा प्रकाशित
FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved