Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

खेलाडीको स्वागतका लागि विमानस्थल आइ दिन अलमुताइरी आग्रह

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३१, २०७८ मा प्रकाशित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टोली सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । एन्फाका अनुसार नेपाली टोली सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।

राष्ट्रिय फुटबल टोलीले आइतबार माल्दिभ्स छाड्नेछ । हवाईमार्गबाट कतारको दोहाहुँदै टोली सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन् । ‘सबै नेपाली समर्थकका लागि मेरो विशेष आग्रह छ । जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबैजना विमानस्थल पुगेर सम्मान गरिदिनु होला,’ फाइनलपछि उनले भनेका थिए,‘यही स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ ।’

माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक फाइनल खेलेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

एक महिना लामो समयपछि नेपाली टोली स्वदेश फर्कन लागेको हो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो । कतारमा तयारी गरेपछि साफ च्याम्पियनसिपका लागि असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतारमा नेपालले दुई वटा मैत्रीपूर्ण खेलसमेत खेलेको थियो ।

कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा १–१ को बराबरी गरेको नेपाल दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो ।

नेपालले साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो।

कमजोर सुरुवात गरेको भारतले आठ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल सात अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved