Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३, २०७८ मा प्रकाशित

काठमाडौं । नेपालमा आज विदेशी मुद्रा साट्नेहरूलाई थप फाइदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ बढेको हो । धेरै विदेशी मुद्रासँग नेपाली रुपैयाँ थप कमजोर भएको छ ।

मंगलबार खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको एक अमेरिकी डलरको विनिमयदर आज स्थिर छ । तर, यूरोपेली मुद्रा यूरोको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा पुगेको छ । हिजो सो मुद्राको खरिददर १३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा निर्धारण गरिएको थियो ।

बेलायती पाउण्ड स्टेर्लिङको विनिमयदर पनि बढेको छ । हिजो एक पाउण्डको खरिददर १६५ रुपैयाँ १३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा तोकिएकोमा आज खरिददर १६६ रुपैयाँ २६ पैसा र बिक्रीदर १६७ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर साट्दा पनि हिजोको तुलनामा आज फाइदा हुने भएको छ । यो मुद्रा एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८० पैसा तथा जापानी येन १० को खरिददर १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५८ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यी तीनवटै मुद्राको विनिमयदर आज बढेको हो ।

नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य रहीआएको खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । यो मुद्राको विनिमयदर भने स्थिर छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । यो मुद्राको भाउ भने बढेको हो ।

आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९७ पैसा कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यी दुई मुद्राको विनिमयदर स्थिर छ ।

यसैगरी, कुबेती दिनार एकको खरिददर ३९८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०० रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ र बिक्रीदर ३२० रुपैयाँ ६० रुपैयाँ तोकिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । वनको विनिमयदर हिजोको तुलनामा बढेको छ ।

ताजा समाचारहरु

FB_IMG_1781439497774

नेपाली चिया निर्यात संकट तत्काल समाधान गर्न सांसद सुहाङ नेम्बा...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.