Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विमल घर्ती मगर र मच्छिन्द्रबीच सम्झौता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ८, २०७८ मा प्रकाशित

काठमाडौं । सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको साबिक विजेता मच्छिन्द्र क्लबले युवा स्ट्राइकर विमल घर्तीमगरसँगको सम्झौता नवीकरण गरेको छ । २९ कात्तिबाट सुरु हुने ए डिभिजन लिगमा बलियो दाबेदारी दिने प्रयासमा रहेको मच्छिन्द्रले आइतबार विमलसँग सम्झौता नवीकरण गरेको हो । सम्झौता एक वर्षको रहनेछ । क्लबबाट उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गत सिजन मच्छिन्द्रसँग आबद्ध भएका विमलले केवल एक खेल मात्र खेल्ने अवसर पाएका थिए । विमलले गत सिजन पनि मच्छिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए । ०७६ को ए डिभिजन लिगमा एक खेल खेल्दै विमलले उपाधि उचाल्ने अवसर पाए । लिगको अन्तिम खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मीसँगको प्रतिस्पर्धामा विमललाई उतारेको थियो । आर्मीविरुद्धको एक मात्र खेल खेलेर विमलले उपाधि जित्ने अवसर पाएका थिए ।

त्यसपछि, उनले मच्छिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागिता जनाएका थिए । तर, प्रशिक्षणका क्रममा विमलको घुँडामा चोट लाग्यो । गत पुसमा चोट बोकेका विमल उपचारका लागि कतार पुगेका थिए । अखिल नेपाल फुटबल संघले कतार फुटबल संघको सहयोगमा विमललाई कतारमा उपचार गराएको हो । दश महिना मैदानबाहिर रहेका विमल चोट निको हुँदै उत्कृष्ट पुनरागमन गर्ने तयारीमा छन् ।

लिगको साबिक विजेतासँग सम्झौता नवीकरण हुँदा दंग देखिएका विमलले क्लबलाई उपाधि दिलाउने प्रयास हुने बताएका छन् । ‘मेरो प्रयास नै मच्छिन्द्रलाई लिग च्याम्पियनसिपको उपाधि रक्षा गराउनु हो,’ विमलले भने, ‘यसका लागि निकै मिहिनेत गर्नेछु ।’ क्लबका उपाध्यक्ष अनिलले विमलको उपस्थितिले क्लब बलियो भएको बताएका छन् । ‘विमल राष्ट्रिय तथा घरेलु फुटबलकै अनुभवी खेलाडीमा पर्छन्, उनीजतिको अनुभवी खेलाडी अनुबन्ध गर्न पाउँदा हामी निकै खुसी छौँ,’ उपाध्यक्ष अनिलले भने, ‘अब विमलले आफूलाई प्रमाणित गर्ने समय आएको छ ।’

मच्छिन्द्रले लिगकै लागि विशाल राई, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, मनीष डाँगी, सुनील बललगायतका राष्ट्रिय टिमका खेलाडीलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्ध गरिसकेको छ ।

थ्री स्टारमा हेमन्त
यसैगरी, पूर्वविजेता थ्री स्टारले युवा खेलाडी मिडफिल्डर हेमन्त थापामगरलाई आइतबार अनुबन्ध गरेको छ । थ्री स्टारले आइतबार सामाजिक सञ्जालमार्फत मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको हो । क्लबका अनुसार हेमन्तले थ्री स्टारसँग दुई वर्षको सम्झौता गरेका हुन् । हेमन्तले उमेरसमूहमा यू–१३, यू–१४ र यू–१६ को राष्ट्रिय टिमको नेतृत्व गर्दै खेलिसकेका छन् । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जित्दा हेमन्त टोलीका सदस्य थिए । यसअघि हेमन्तले च्यासल युथ क्लबबाट लिग खेलेका थिए । नयाँ पत्रीकाबाट

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved