काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला रु ३०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार प्रतितोला रु १२ सय ४५ मा कारोबार भइरहेको थियो ।























