Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल र लेबनान आज भिड्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १४, २०७८ मा प्रकाशित

काठमाडौ । एएफसी यू – २३ एसियन कप छनोट अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा आज आइतबार नेपालले लेबनानको सामना गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे हुनेछ ।

छनोट खेल अन्तर्गत पहिलो खेलमा इरानसँग ४-० ले पराजित भएको नेपाल दोस्रो खेलमा घरेलु टिम ताजिकिस्तानसँग ६-० ले पराजित भएको थियो । यी दुई बीचको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा लेबनान, इरान र ताजिकिस्तान रहेका छन् । एसियन कप छनोट अन्तर्गत पहिलो खेल इरानसँग खेलेको नेपालले दोस्रो खेल ताजिकिस्तानसँग र तेस्रो खेल आज लेबनानसँग खेल्न लागेको हो ।

नेपाल आजको खेल जित्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ । लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । समूहमा ६ अंक जोडेको घरेलु टोली ताजिकिस्तान शीर्ष स्थानमा रहँदा समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै इरान दोस्रो स्थानमा रहेको छ ।

यस्तै अंक जोड्न नसकेको लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ । ११ समुहमा रहेको छनोटका शीर्ष टोली सहित दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टोलीले एएफसी यू –२३ एसियन कप खेल्नेछन् । फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुँदैछ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved