Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाकिस्तान सेमिफाइनलमा प्रवेश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १७, २०७८ मा प्रकाशित

काठमाडौं । पाकिस्तानले मंगलबार राति भएको टी–ट्वान्टी विश्वकप क्रिकेट खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो । शेख जायद क्रिकेट स्टेडियममा नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै क्रिग विलियम्सले ४० रन बनाउँदा स्टेफन बार्डले २९ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका लागि हशन अली, इमाद असिम, हरिस राउफ र सादाब खानले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

पाकिस्तानका लागि बाबरले ७० रनको अर्धशतकीय पारी खेले । ४९ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै ४९ बल खेलेका रिजवानले ८ चौका र ४ छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय पारी खेले । मोहम्द हाफिजले ३२ रन बनाए । बलिङतर्फ नामिबियाका लागि डेभिड विस र जान फ्रिलिङ्क्सले समान एक–एक विकेट लिए ।

जितसँगै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’मा रहेको पाकिस्तानले ४ खेलमा ८ अङ्क जोडेको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ । यता नामिबियाले ३ खेलबाट २ अंक जोडेको छ । नामिबियाको सेमिफाइनल सम्भावना अझै बाँकी छ । यसै समूहमा रहेको अफगानिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved