Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्कटल्याण्ड आउट, न्युजिल्याण्डको सेमिफाइनल सम्भावना कायमै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १८, २०७८ मा प्रकाशित

काठमाडौं । न्युजिल्याण्डसँग १६ रनको हारसँगै स्कटल्याण्ट टी–२० विश्वकपबाट बाहिरिएको छ । दोस्रो जित हात पारेको न्युजिल्याण्डको भने सेमिफाइनल सम्भावना कायमै छ । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले मार्टिल गप्टिलको उत्कृष्ट इनिङसँगै ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । ५३ रन जोड्दा ३ विकेट गुमाएको न्यूजिल्याण्डका लागि गप्टिल र ग्लेन फिलिप्ससँग १०५ रनको साझेदारी गरे ।

१९ औं ओभरमा आउट भएका गप्टिलले ५६ बल खेल्दै ६ चौका र ७ छक्का मद्दतमा ९३ रन बनाए । यस्तै फिलिप्सले ३३ रन जोडे । त्यसअघि डार्यल मिचेल १३, कप्तान केन विलियम्सन शून्य र विकेटकिपर डेभोन कनवे १ रन बनाएर आउट भएका थिए । जेम्स निसमले अविजित १० रन बनाए । १७३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ५ विकेट गुमाएर १५६ रन बनाउन सक्यो । उसका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका माइकल लिस्कले २० बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४२ रन बनाए । म्याथ्यु क्रसले २७, जर्ज मुन्सेले २२ र रिची बेरिङटनले २० रन जोडे । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र इश सोधीले २–२ तथा टिम साउदीले १ विकेट लिए ।

स्कटल्याण्डका ब्राड ह्वील र साफ्यान सरिफले २–२ तथा मार्क वाटले १ विकेट लिएका थिए । जितपछि ३ खेलबाट ४ अंक जोडेर न्युजिल्याण्ड ग्रुप २ को तेस्रो स्थानमा छ । यो समूहबाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । बाँकी एक स्थानका लागि न्युजिल्याण्डसँगै ४ अंक जोडेको अफगानिस्तान तथा २ अंक जोडेको नामिबिया र शून्य अंक रहेको भारत प्रतिस्पर्धामा छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved