Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

टी–२० विश्वकप :भारतको सेमिफाइनल सम्भावना कायमै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २०, २०७८ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ। बलरको उत्कृष्ट प्रदर्शन अनी केएल राहुलको आक्रमक अर्धशतक मद्दतमा भारतले सहज जित हात पारेको हो। ग्रुप २ मा स्कटल्याण्ड शानदार जितपछि नेट रनरेटमा सुधार गरेको भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ। सुरुआती दुई खेलमा पकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले त्यसयता अफगानिस्तान र स्कटल्याण्डलाई पराजित गरेको हो।

चार खेलबाट चार अंक जोडेको भारत अफगानिस्तानलाई नेटरनरेटमा पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। न्युजिल्याण्ड ६ अंकसहित दोस्रो स्थानमा छ। अब भारतले नामिबियासँग अन्तिम खेल खेल्न बाँकी छ। त्यसअघि न्युजिल्याण्डले अफगानिस्तानसँग खेल्नेछ। भारतको सेमिफाइनल सम्भावना बाँकी रहँदा अफगानिस्तानले न्युजिल्याण्डलाई हराउनुपर्नेछ। यदि न्युजिल्याण्डले जित हात पारेमा भने भारत अन्तिम खेल अघि नै बाहिरिनेछ। दुबईमा भएको खेलमा केएल राहुलले यस विश्वकपकै सर्वाधिक छिटो अर्धशतक बनाएपछि भारतले ८५ रनको सामान्य लक्ष्य ६.३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा ग¥यो।

राहुलले १९ बल खेल्दै ६ चौका र तीन छक्का मद्दतमा ५० रन बनाए। रोहित शर्माले १६ बल खेल्दै पाँच चौका र एक छक्का मद्दतमा ३० रन जोडे । सुर्यकुमार यादवले अविजित ६ रन बनाए। बर्थ डे ब्वाए कप्तान विराट कोहली दुई रनमा अविजित रहे। स्कटल्याण्डका मार्क वाट र ब्राड ह्विलले एक–एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १७.४ ओभरमा सबै विकेट गुमाएर ८४ रनमा अलआउट भयो। स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाउँदा माइकल लिस्कले २१ रन जोडे।

स्कटल्याण्डलाई अलआउट गर्न भारतका रवीन्द्र जडेजा र मोहम्मद शामीले समान तीन-तीन विकेट लिए। जडेजाले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए। शामीले तीन ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर तीन विकेट लिए। यस्तै जसप्रित बुमराहले ३.४ ओभरमा एक मेडन राख्दै १० रन खर्चेर दुई विकेट लिए। रविचन्द्रन आश्विनले एक विकेट लिए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved