काठमाडौ । आज तिहारपछिको पहिलो कारोबारका दिन नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले उकालो लागेर ९२ हजार पाँच सय कायम भएको छ। पहेँलो धातु गत बिहीबार प्रतितोला रु. ९१ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजारमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु. ९० हजार पाँच तोकिएको थियो। त्यस्तै, आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु. २५ ले उकालो लागेर एक हजार दुई सय ५० कायम भएको छ। चाँदी बिहीबार प्रतितोला रु. एक हजार दुई सय २५ मा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार आठ सय १९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ।























