Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल आइसिसि टी–२० विश्वकपको ग्लोबल छनोटमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २३, २०७८ मा प्रकाशित

काठमाडौ । नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा छनोट भएको छ । योसँगै नेपालले अब क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो ।

अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । अबको खेलमा नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनी जस्ता राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि ग्लोबल छनोटको तयारी तथा पुनः विश्वकप खेल्ने सपना पूरा गर्न धेरै म्याच एक्सपोजर आवश्यकता रहेको बताएका छन् ।

सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । ‘सीधै ग्लोबल छनोटमा पुग्नु राम्रो हो तर यो चरण पार गर्न त्यति सहज छैन,’ कप्तान मल्लले भने, ‘हामीले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्नु छ । यसका लागि बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच एक्सपोजर खेल्नु पर्छ ।’ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले २०२० को जनवरीको वरीयताअनुसार नै सन् २०२२ को विश्वकप ग्लोबल छनोट प्रक्रिया सार्वजनिक गरेको हो ।

अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा शीर्ष आठ टोली सुपर १२ मा पुगेका छन् । आयोजक अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश, अफगानिस्तानले सुपर १२ मा स्थान पक्का गरेका हुन् । युएई र ओमानमा जारी टी–२० विश्वकपको सुपर १२ मा पुगेका श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड तथा नामिबिया पनि अर्को वर्ष हुने विश्वकपमा छनोट भएका छन् । यी सबै टोली पहिलो चरणमा रहेका छन् ।

आइसिसीले अस्ट्रेलियामा हुने विश्वकपमा १६ टोली भाग लिने जनाएको छ । बाँकी चार टोली ग्लोबल छनोट माध्यमबाट आउने आइसिसीले जनाएको छ । वरीयताअनुसार नै आइसिसीले क्षेत्रीय छनोट खेल खेल्नु नपर्ने राष्ट्रहरूको नाम सार्वजनिक गरेको हो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved