Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

केनको ह्याट्रिकसँगै विश्वकप छनोट नजिक इंग्ल्याण्ड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २७, २०७८ मा प्रकाशित

एजेन्सी । अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक पुगेको छ । शुक्रबार राति बेम्बले मैदानमा भएको खेलमा इंग्ल्याण्ड ५–० गोल अन्तरले विजयी भएको छ । अब विश्वकपमा छनोट हुन इंग्ल्याण्डलाई सान मारिनो विरुद्ध मात्र एक मात्र अंक आवश्यक रहेको छ ।

खेलको नवौँ मिनेटमा ह्यारी मग्वायरले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि केनले १८, ३३ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याटिक पुरा गरे । सन् २०२१ मा केनले इंग्ल्याण्डका लागि १२ गोल गरेका छन् । यसबीच जोर्डन हेन्डरसनले पनि एक गोल थपेका थिए ।

केनले प्रतिस्पर्धात्मक खेलमा वेन रुनीको ३७ गोलको कीर्तिमान पनि तोडेका छन् । प्रतिस्पर्धात्मक खेलहरुमा केनको गोल संख्या ३९ पुगेको छ । समूह आईको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको २३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको पोल्याण्डको २० अंक रहेको छ ।

पोल्याण्डले शुक्रबार नै एन्डोरालाई ४ का विरुद्ध १ गोलले हरायो । त्यस्तै, हंगेरीले सान मारिनोलाई ४ –० गोलले पराजित गरेको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved