Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सिरहाको बानोमा संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालनमा रहेको प्रथम गोल्डकप सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३०, २०७८ मा प्रकाशित

महेश सिंह

सिरहा लहान ३० कार्तिक – सिरहाको लहान नगरपालिका वडा नम्बर १५ बानोस्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित प्रथम गोल्डकपको फाईनल खेल सम्पन्न भएको छ ।

पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको थियो । फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो हुनेलाई मेडलसहित ३० हजार रुपैयाँ पुरस्कार दिइने बानो फुटबल क्लबका अध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।

फाईनल खेलमा बानो फुटबल कलब बानो १ – ० ले बिजय हुनु भएको छ । बानो फुटबल कलब बानो र गोलबजार स्पोर्ट्स कलब गोलबजार दोश्रो र बानो फुटबल कलब प्रथम र स्पोर्ट्स कलब गोलबजारले दोश्रो हुनुभएको थियो। फाईनल खेलको समय दुबै टिमलाई ४० – ४० मिनेटको समय दिएको थियो। उक्त खेलमा गोलबजारको बिनु मगरले उत्कृष्ट खेलाडी हुनु भएको थियो। र म्यान अफद सिरिज र गोल गर्ने खेलाडी कृपा सिन्धु चौधरी रहनु भएको स्थानीय दिपेन्द्र चौधरीले जानकारी दिनु भयो ।

खेल समापन पछी समाज सेबि महेश चौधरी र पुर्व मन्त्री पदम नारायण चौधरीले प्रथम र दोस्रो हुने टिमलाई घोषणा गरेको रासीको पुरस्कार वडा अध्यक्ष तेज नारायण चौधरीको रोहबरमा प्रदान गरेका थिए।

दोश्रो दिनको खेल समसेरपुर सप्तरी र बिएफसि सिरहा बिच हुन्छ भने दिउँसो १ बजेको खेल जिवाईसी धनुषा र गोलवजार स्पोर्ट्स एफसी सिरहा बिच हुने आयोजक प्रतिष्ठानको अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो।

खेलको उद्घाटन नेपाली कांग्रेसका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदमनारायण चौधरीले गरेका थिए । मन्तवयको क्रममा चौधरीले कुलतबाट बचाउन युवाहरुलाई खेलतर्फ आकर्षित गर्नुपर्ने थिए ।

समाजसेवी कर्माचार्यको कोरोनाकालमा गरिब विपन्न बस्तीमा राहत वितरण गर्ने क्रममा कोरोना संक्रमित भई मृत्यु भएको थियो। उनको समाजसेवाको सपना अनुसार मृत्यु भएको दिन हरेक महिना २२ गते प्रतिष्ठान मार्फत समाजसेवा कार्यलाई अगाडिं बढाएको प्रतिष्ठानका अध्यक्ष महेश चौधरीले जानकारी दिनु भयो।

श्रीमति संगिता कर्माचार्यको सम्झनामा संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा खेलकुद प्रतियोगिताको आयोजना गरेको समाजसेवी महेश चौधरीले बताउनुभयो ।

२०७८ जेठ २२ गते मेरो श्रीमती संगिता कर्माचार्यको कोरोनाको कारण अकालमा मृत्यु भएको छ , सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते समाजिक कामगर्ने प्रतिबद्धता गरेअनुरूप आज खेलकुद प्रतियोगिता संचालन गरेको र यस प्रतियोगितामा मेरो ब्यक्तिगत तर्फबाट लाखौ खर्च भएको उनले सुनाए ।

समय अभावको कारण पहिलो दिनको खेल ४० मिनेटको थियो। पहिलो २० मिनेटको हाफ र दोस्रो हाफमा दुधौली एकता कल्बको खेलाडीले गोल गरेका थिए।

उदघाट समहरोहमा समाजसेवी तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य महेश चौधरी,नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अच्छ्मित लाल चौधरी ,वडा न.१५ का वडा अध्यक्ष तेजनारायण चौधरी,समाजसेवी बिरेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो।खेलको सम्पुर्ण खर्च समाज सेबी महेश चौधरीले बेहोर्नु भएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved