Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यास लिए

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ४, २०७८ मा प्रकाशित

काठमाडौ । विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यानका रूपमा चिनिने दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले शुक्रबार सबै खाले फर्म्याटबाट सन्न्यास घोषणा गरेका छन् । यो घोषणासँगै भिलियसले सबै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगबाट पनि बिदा भएको जनाएका छन् ।

सन् २०१८ मा भिलियर्सले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । त्यसयता उनी इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल्स च्यालेन्जर्स बेंग्लोरबाट टी–२० लिग खेल्दै आइरहेका थिए ।

सन्न्यासको घोषणा गर्दै भिलियर्सले क्रिकेटमा बिताएको सबै क्षण अभूतपूर्व रहेको जनाएका छन् । ‘मेरो क्रिकेट यात्रा निकै रोमाञ्चक र अभूतपूर्व रह्यो, मैले आजबाट सबै किसिमका क्रिकेटबाट सन्न्यासको घोषणा गरेको छु,’ उनले शुक्रबार सामाजिक सञ्जालबाट जानकारी दिए, मैदानभित्र र बाहिर रहेका सबै व्यक्तित्व मेरा दाजुभाइ तथा साथीहरू हुन्, जोसँग मैले वर्षौँ सँगै बिताएँ ।’

सन् २०२१ को आइपिएल नै उनको अन्तिम खेल तथा सिरिजका रूपमा रह्यो । दुई महिनाअघि सम्पन्न इपिएलमा उनले बेंग्लोरबाट सहभागी हुँदै १५ खेलमा तीन सय १३ रन जोडेका थिए । भिलियर्सले विश्वभरि खेलिने चर्चित टी–२० फ्रेन्चाइज लिगमा सहभागिता जनाएका छन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved