Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भलिबल कप्तान अरुणालाई शेरबहादुर खड्का स्पेसल अवार्ड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ४, २०७८ मा प्रकाशित

काठमाडौ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही शेरबहादुर खड्का स्पेसल अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो ।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, पेन्ट डिलर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र खत्री र यानलग इंकका सीएफओ सन्तोष पाण्डेले अरुणालाई सम्मान गरेका हुन् ।

अरुणालाई यानलग इंकबाट स्मार्ट वाच र इटालियन सुट पिस, सुलक्स सेन्टरबाट टिसर्ट र घडी तथा धुलिखेल लज सिसोर्टबाट एकदिनको प्याकेज प्रदान गरिएको थियो । अरुणाको कप्तानीमा नेपालले बंगलादेशको ढाकामा भएको प्रथम बंगमाता एसियन सिनियर महिला सेन्ट्रल जोन भलबलमा स्वर्ण र नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले प्रतिष्ठानले भलिबल खेल र खेलाडीको हितका लागि प्रशंसनीय कार्य गर्दै आएको बताउदै निजी क्षेत्रबाट पनि खेलको विकासमा सहयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको बताए । अध्यक्ष खड्काले खेलकुदका साथै सामाजिक क्षेत्रमा पनि प्रतिष्ठानले योगदान दिँदै आइरहेको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानले खेलकुद क्षेत्रमा भलिबल खेलाडी सम्मानका साथै महिला भलिबल प्रतियोगिता आयोजना र भलिबल खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको छ । त्यस्तै प्रतिष्ठानले महिला राष्ट्रिय भलिबल टोली र न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई खेल पोशाक पनि प्रदान गरेको थियो ।

प्रतिष्ठानले सामाजिक र खेलकुद क्षेत्रमा दिइएको योगदानको मूल्यांकन गर्दै नेपाल सरकारले प्रतिष्ठानलाई विभूषित गर्ने निर्णय समेत गरेको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved