Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सिटीको सहज जीत, स्पर्सको पुनरागमन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ६, २०७८ मा प्रकाशित

एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटीले एभर्टनमाथि ३-० को सहज जीत हासिल गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको चेल्सीभन्दा सिटी ३ अङ्कले पछि रहेको छ ।

पहिलो हाफको अन्त्यतिर राहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै रोड्रीले टोलीको अग्रता दोब्बर बनाए । खेलको ८६ औँ मिनेटमा बर्नार्डो सिल्भाले अर्को गोल गर्दै सिटीको जीत सुनिश्चित गरे ।

उता, आइतबार नै भएको अन्य खेलमा एन्टोनियो कोन्टेले टोटनह्याम हटस्पर्सको नेतृत्वमा सम्हाले यता प्रिमियर लिगमा पहिलो जीत हासिल गर्न सफल भएका छन् । स्पसले सङ्घर्षरत लिड्सलाई २-१ गोलले हरायो ।

पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको स्पर्स खेलको ४४ औँ मिनेटमा डेनियल जेम्सको गोलमा एक गोलले पछि परेको थियो । तर, दोस्रो हाफमा पिएरे एमिल होजबर्ग र सर्जियो रेगुलियनले गोल गर्दै खेलमा स्पर्सलाई पुनरागमन गराए । जीतसँगै स्पर्स लिगको सातौँ स्थानमा उक्लिएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved