Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रोनाल्डो र सान्चो चम्किएपछि युनाइटेड नकआउट चरणमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ८, २०७८ मा प्रकाशित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चो चम्किएपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडलाई अन्तिम १६ पुर्याउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बरबरीमा सकिएको थियो ।

रोनाल्डोले ७८औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो । उहाँको यो ब्यवािसयक खेल जीवनको सात सय ९९ गोल हो । त्यसपछि सान्चोले ९०औँ मिनेटमा गोलगर्दै युनाइटेडलाई सजिलै जिताउनुभयो । जितसँगै युनाइटेड समूह ‘एफ’ को शीर्षस्थानमा छ । युनाइटेडले पाँच खेलबाट १० अंक बनाएको छ ।

सात अंक बनाएको भिल्लारियल दोस्रो स्थानमा छ । यसैगरी समूह ‘ई’ को खेलमा बायर्न म्युनिखले डाइनामो किएभलाई २–१ गोलले हराजित गरेको छ । यसअघिनै नकआउट चरणमा स्थान बनाएको बायर्न १५ अंक सहित शीर्षस्थानमा छ ।

पराजित डाइनामो एक अंक सहित अन्तिममा छ । यही समूहको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीसँगै सात अंक बनाएको बार्सिलोना दोस्रो र तीन अंक बनाएको बेन्फिका तेस्रो स्थानमा छ । समूह ‘एच’ को अर्को खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० गोलले हराएको छ ।

एकपक्षीय जितसँगै पाँच खेलबाट १२ अंक बनाएको चेल्सी शीर्षस्थानमा छ । १२ नै अंक बनाएको युभेन्ट्स दोस्रो स्थानमा छ । यस समूहबाट चेल्सी र युभेन्ट्स दुवैले नकआउट चरणमा स्थान बनाएका छन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved