Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महिला टी–२० विश्वकप छनोट : युएईसँग निर्णायक खेल आज खेल्दै नेपाल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १२, २०७८ मा प्रकाशित

काठमाडौँ । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार (आज) नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई)) सँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईको आइसीसी एकेडेमी मैदानमा दिउँसो ११ः१५ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ । यस खेलको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

त्यसैले दुवै टोलीका लागि यो निर्णायक खेल हो । घरेलु टोली युएई चार खेलमा अपराजित रहँदै आठ अंक सहित शीर्षस्थानमा छ । उच्च लयमा रहेको युएई नेपाललाई हराउँदै ग्लोबल छनोटमा पुग्ने दाउमा छ । नेपाल पनि अन्तिम खेलमा युएईलाई हार चखाउँदै ग्लोबल छनोटमा स्थान बनाउने योजनामा छ ।

युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटालाई ४७ रन र कुवेतलाई सात विकेटले अपराजित यात्रा कायम राखेको छ । अघिल्ला चार खेलमा तीन जित र एक हार खेपेको नेपाल ६ अंक सहित दोस्रो स्थानमा छ । नेपालालाई युएईविरुद्ध जितले मात्र पुग्नेछैन । रनरेटमा समेत सुधार गर्नुपर्ने भएकोले नेपाललाई फराकिलो जितको आवश्यकता छ ।

नेपालको रनरेट २.०८८ छ भने युएईको २.३९८ छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि दबाबमा परेको थियो । त्यसपछि नेपालले भुटानलाई आठ विकेट, कुवेतलाई नौ विकेट र मलेसियालाई ६ विकेटले हराउँदै ग्लोबल छनोटको सम्भावना कायम जिवित राखेको हो । यसैगरी ६ अंक सहित तेस्रो स्थानमा रहेको हङकङले पनि ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । हङकङको रनरेट ०.४४७ छ ।

हङकङले अन्तिम खेल आइतबार (आजै) कुवेतसँग खेल्दैछ । त्यसैले आजको खेल नेपाल, युएई र हङकङ तीनवटै टोलीका लागि महत्वपूर्ण छ । नेपालले युएईलाई पराजित गरेमा तथा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल, युएई र हङकङको समान आठ अंक हुनेछ । यस्तो अवस्थामा शीर्षटोलीको टुंगो रनरेटले निर्धारण गर्नेछ ।

युएईले नेपाललाई हराएमा स्वत छनोट हुनेछ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको प्रारम्भिक चरण हो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved