काठमाडौ । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने गत सोमबारको तुलनामा मंगलबार प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ कारोबार भईरहेको महासङ्घले जनाएको छ ।























