काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)को विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५६ पैसा र बिक्री दर १२० रुपैयाँ १६ पैसा कायम गरेको छ ।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५२ पैसा र बिक्री दर ८५ रुपैयाँ ९५ पैसा तोकिएको छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५४ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १५ पैसा र बिक्री दर १५९ रुपैयाँ ९५ पैसा छ । त्यस्तै साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा कायम छ ।
कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७७ पैसा छ भने मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ र बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।























