Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

टेकु अस्पातालमा २९ मंसिरदेखि इमरजेन्सी सेवा निःशुल्क

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १७, २०७८ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशनपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ।

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले १९ मंसिरदेखि यो व्यवस्था लागू गर्न लागेको हो।

निर्देशकका रूपमा डा: मनिषा रावलले जिम्मेवारी सम्हालेसँगै मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने भएको छ।

अस्पतालका तर्फबाट निर्देशक डा। रावलले मंरसिर १५ गते नै पत्र लेखेर अवगत गराइसक्नुभएको छ। सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरूको पछिल्लो २४ घन्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यववस्था गरिएको हो।

निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकटलगायतका सुविधा र २४ घन्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधिसमेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ । ‘सिवीसी, आरबीएस, युरीया क्रियटिभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटीलगायत रहेका छन्। ‘

यो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने,’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved