Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपालमा आठ महिनापछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १७, २०७८ मा प्रकाशित

काठमाडौं । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नेपालमा शून्य भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार मङ्सिर १ गते एक जना, २ गते छ जना, ३ गते पाँच जना, ४ गते एक जना, ५ गते एक जना, ६ गते चार जना, ७ गते पाँच जना, ८ गते पाँच जना, ९ गते तीन जना र १० गते दुई जनाको सङ्क्रमणको कारण मृत्यु भएको थियो । त्यसैगरी ११ गते तीन जना, १२ गते दुई जना, १३ गते एक जना, १४ गते दुई जना, १५ गते तीन र १६ गते छ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयले कोरोनासम्बन्धि सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जेठ ४ गते सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको थियो । यस दिन २४६ जनाले सङ्क्रमका कारण ज्यान गुमाउनुपरेको थियो । मन्त्रालयका अनुसार शुक्रबार २२३ जना सङ्क्रमित थपिएका छन् भने ३४७ जना सङ्क्रमित निको भएर घर फर्किका छन् । शुक्रबारसम्म देशभरमा छ हजार ९२१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म आठ लाख २२ हजार १७२ जना कोारेनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये आठ लाख तीन हजार ७१६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेका छन् । त्यस्तै ११ हजार ५३५ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितको मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved