Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फरक रणनीतिमा थ्रिस्टारको तीन फरक नतिजा : जित, हार र बराबरी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १८, २०७८ मा प्रकाशित

काठमाडौं । पहिलो खेलमा सानदार जित निकालेर दोस्रो खेलमा हार बेहोरेपछि तेस्रो खेलअघि थ्रिस्टार क्लबका लागि फ्रेन्ड्विरुद्धको खेलमा जिन निकाल्ने दबाब थियो। राष्ट्रिय टिमका आयुष घलान, अनन्त थापा, संजोक राई तथा उत्कृष्ट डिफेन्डर विक्रम थापासहितको टिम तेस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको थियो।

तर एक गोलले पछि परेको अवस्थामा गोल गर्दै थ्रिस्टार बरबरीमै रोकियो। थ्रिस्टारका प्रशिक्षक रवीन्द्र सिलाकरले टिमको फर्मेसन परिवर्तन गरेर खेलेको कारण बराबरीमै रोकिनु परेको बताएका छन्। उनले भने, ‘फर्मेसन परिवर्तन गराएर मिडफिल्डरलाई खेलाएर गोल गर्नुपर्ने थियो। हाम्रो अवसर निस्कियो। तर गोल भए। एक दुई बल फ्रेममा लागेर पनि फर्किएको हो।’

उपाधि लक्ष्यका साथ लिगमा होमिएको थ्रिस्टारविरुद्ध फ्रेन्ड्स क्लबले सुरुआतमा दबाब बनाउँदै गोलको प्रयास गरेको थियो। चौथो मिनेटमा प्रिजेन तामाङले सेन्टर लाइनबाट गरेको प्रहार बचाउन थ्रिस्टारका गोलकिपर गुलियम एनजंगाले डाइभ गरेका थिए। तर बल पोस्टको नजिकैबाट बाहिरियो। ‘आज हामी जित्नु थियो। हामीले अस्तिको भन्दा राम्रो खेलेको हो। दोस्रो हाफमा पछि गोल खायौँ। जित्ने लक्ष्य थियो। दुई खेलमा लिड गरेर जोगाउन सकिएन। आज दुवै टिमले बराबरी खेल्यो। जित्न मन थियो,’ फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले खेलपछि भने।

त्यसपछि अधिकांश समय बल मैदानको बीचमै गुडे पनि २५औं मिनेटमा थ्रिस्टारले अट्याकिङ थर्डमा राम्रो अवसर खेर फाल्यो। हेमन्त थापा मगरले दिएको पासलाई संजोकले क्रस गरे पनि गोल गर्न पोस्टअघि खेलाडी उपस्थित थिएनन् । यता ३४ औं मिनेटमा नाथनल गर्सिर्याको लामो प्रहार पोस्टको टप राइट कर्नरबाट बाहिरिएको थियो। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। ‘युवा खेलाडी लिएर उत्रिएको हो। अनुभव खेलाडी थोरै मात्र छन्। यसपालि प्रशिक्षक पनि नयाँ भएका कारण प्रशिक्षकको रणनीतिमा भिज्न गाह्रो परेको हो,’ सिलाकारले भने।

के थ्रिस्टारलाई अझ राम्रो प्रशिक्षक चाहिन्छ होला भन्न लााग्छ? जवाफमा सिलाकर भन्छन्, ‘थ्रिस्टारलाई अझै राम्रो प्रशिक्षक चाहिन्छ होला। तर हामीले धेरै लगानी गरेका छौं। धेरै महेनेत गरिरहेका छौं।’पहिलो हाफमा गोल नभए पनि तर दोस्रो हाफमा दुवै टिमबाट समान १–१ गोल भयो।

खेलको ५० औं मिनेटमा सन्जोकबाट पाएको बललाई रितिकले पोस्टमा प्रहार गरेका थिए। तर त्यो प्रहारलाई गोलकिपर राउल रामचन्द्र यादवले सहजै बचाएका थिए। त्यसपछिको काउन्टर मुभवमा फ्रेन्ड्सले गोल निकाल्यो। कप्तान विश्वास बुढाथोकीले बायाँ कुनाबाट दिएको पासलाई अफ्रिक खेलाडी गर्सिर्याले पोस्ट नजिकैबाट हेडमार्फत गरेका प्रहार गोल भएको थियो। गर्सिया खेलको म्यान अफ दी म्याचसमेत बने।

गोलसँर्ग फ्रेन्ड्सले खेलमा दबाब बनाएको थियो। त्यसपछि थ्रिस्टारले केही असफल प्रयास गर्‍यो। ७० औं मिनेटमा थ्रिस्टारका दुई प्रहार गोलकिपर यादवले बचाएका थिए। त्यस्तै ७५ औं मिनेटमा सन्जोकको प्रहार पोस्टको बारमा लागेर फर्कियो।तर ७८ औं मिनेटका अवसर भने थ्रिस्टारले गुमाएन। रितिकले प्रहार गरेको क्रसलाई थ्रिस्टारका खेलाडीले भेट नसकेपछि बल फ्रेन्ड्सको पोस्ट नजिकै पुगेर फर्किएको थियो।

तर फर्किएको बेललाई रितिकले नै पुन क्रस गरे। यसपटक मिडफिल्डर मिक्छेन तामाङले छ यार्ड बक्सभित्रबाट गोल गरे। यो गोलसँगै थ्रिस्टारले फ्रेन्डसँग बराबरी खेलेको हो।‘म पहिला थ्रिस्टारमा पनि थिएँ। अहिले फ्रेन्ड्मा छु। फ्रेन्ड्सबाट त खेलेको पनि हो नि, दुवै मेरै क्लब हो। त्यसैले होला भगावनले बराबरी बनाइदिए,’ फ्रेन्ड्का प्रशिक्षक मृगेन्द्र मिश्रले भने, ‘हाम्रो कप्तानले पुरा खेल्न सकेको छैन। उसको इन्ज्युरी पनि छ। अर्को खेल मनाङ हुँदा गाह्रो पर्न सक्छ।’

थ्रिस्टारले तीन खेलबाट चार अंक बनाएको छ। यता फ्रेन्ड्सले तीन खेलबाट दुई अंक जोडेको छ। पहिलो खेलका सातदोबाटोसँग गोलरहित बराबरीमा रोकिएको फ्रेन्ड्सले दोस्रो खेलमा संकटासँग २–१ गोलको हार बेहोरेको थियो। लिग समग्रमा कस्तो भइरहेको छ त? जवाफमा थ्रिस्टारका सहायक प्रशिक्षक सिलाकारल भने भने, ‘यसपालि हरेक खेलमा फरक फरक रणनीतिका साथ खेलिरहेका छौं। आजको खेलमा पनि हामीले ४–२–३–१ फर्मेसनमा खेलाएका थियौँ। यो फर्मेसनमा मुभ धेरै बनाउँदा खेलाडी इन्ज्युरी धेरै हुने भएकाले पछि मात्र मुभ राम्रो भएको हो।’

उनले यससँगै थ्रिस्टारको प्रशिक्षाको टिम तीन खेलसम्म फेल भएको बताएका छन्। उनले भने ‘हामी फेल भएका छौं। आजको खेलमा मिडफिल्डमा सक्रिय छौं। खेलाडीले मन लगाएर खेलेका छन्। त्यसैले एक जित, एक हार र एक बराबरी भए पनि हाम्रो लक्ष्य भनेको उपाधि नै हो। हामी उपाधिको बाटोमा छन्। त्यसका लागि फरवार्डको समस्या समाधान गर्नुपर्छ। हामीले खेलाडी छ। एयरपोर्ट बन्द हुने अवस्था आइसकेको छ त्यसैले यो काम छिटो गर्नुपर्ने छ।’

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved