Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

यू–१९ महिला फुटबल च्याम्पियनसिप साफमा नेपालको लक्ष्य उपाधि

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २१, २०७८ मा प्रकाशित

काठमाडौ । नेपालले बंगलादेशमा आयोजना हुने दक्षिण एसियाली यू–१९ महिला फुटबल च्याम्पियनसिप (साफ)मा सहभागिता जनाउन सबै तयारी पूरा गरेको छ । नेपाली महिला यू–१९ टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले प्रतियोगितामा आफ्नो लक्ष्य नै उपाधि रहेको बताएका छन् । ‘तयारीअनुसार साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि हुनेछ,’ अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार आयोजना गरेको बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘छोटो समयमै टोली राम्रो बनेको छ ।’

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक श्रेष्ठले २३ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा रहेका ६ जना खेलाडी राष्ट्रिय टोलीबाट खेलिसकेका पनि छन् । जसमा गोलरक्षक तथा कप्तान अञ्जना राना मगर, डिफेन्डर विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकरले राष्ट्रिय महिला टोलीबाट प्रतिस्पर्धा गरिसकेका छन् । यसैगरी यू–१८ मा अनुभव लिएका खेलाडी सुस्मा तामाङ, सलोनी रानामगर, रोजिना श्रेष्ठ, सरस्वती हमाल, अमिशा कार्की र मेनुका आले मगर पनि टोलीमा छन् ।

बंगलादेशको ढाकामा हुने साफ यू–१९ च्याम्पियनसिपमा आयोजक बंगालदेशसहित, भुटान, भारत, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । साफमा श्रीलंकाको यो सहभागिता पहिलो हो । यसबाहेक अन्य चारै टोलीले दोस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता राउन्ड रोविन लिगअनुसार हुनेछ । नेपालले प्रतियोगिताको पहिलो दिन ११ डिसेम्बरमा आयोजक बंगालदेशको सामना गर्नेछ । १५ डिसेम्बरमा नेपालको भेट श्रीलंकासँग हुनेछ । दक्षिण एसियाली क्षेत्रकै कमजोर राष्ट्र मानिएको भुटानविरुद्ध नेपालले १७ डिसेम्बरमा खेल्नेछ । राउन्ड रोविन लिगमा नेपालले आफ्नो अन्तिम खेलमा भारतको सामना १९ डिसेम्बरमा गर्नेछ । प्रतियोगिताको नियमअनुसार राउन्ड रोविन खेलका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । २२ डिसेम्बरमा फाइनल हुनेछ ।

यसअघि नेपाल उपविजेता
यसअघिको संस्करणमा नेपाल उपविजेता बनेको थियो । भुटानमा सम्पन्न प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको थियो । ‘भुटानमा भएको संस्करणमा हामी उपविजेता भएका थियौँ, अब उपाधि जित्ने लक्ष्य छ,’ नेपालका मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘उपाधि उचाल्न नेपाली टोली राम्रो छ ।’ प्रशिक्षक श्रेष्ठका अनुसार नेपाली टोली सबै पक्षमा बलियो छ । क्लोज क्याम्पमा खेलाडीले गरेका प्रदर्शन आधारमा सबै आ–आफ्नो पोसेसनमा उत्कृष्ट रहेको श्रेष्ठले बताए । ‘जिम्मेवारी पाएका सबै खेलाडी आ–आफ्नो स्थानमा उत्कृष्ट छन्,’ उनले भने, ‘छोटो समयमा टोली बन्यो, यो टोली बलियो छ ।’

राम्रो नतिजा ल्याउछौँ : कप्तान राना मगर
नेपाली टोलीका कप्तान तथा गोलरक्षक राना मगरले पनि प्रशिक्षक श्रेष्ठकै दाबीलाई दोहोर्‍याएकी छिन् । ‘हाम्रो टोलीको लक्ष्य नै च्याम्पियन हुने हो,’ कप्तान रानामगरले भनिन्, ‘तयारी यहीअनुसार भएको छ, ढाकामा राम्रो नतिजा ल्याउने आशा छ ।’ नेपालका लागि प्रतियोतिगामा बंगलादेश र भारत नै मुख्य बाधक बन्न सक्ने उनले बताइन् ।
तर, कप्तान रानामगरले यी दुवै बलिया प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि जित्ने दाबी गरिन् । एन्फाले पहिलो चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा राखेको थियो । त्यसपछि मुख्य प्रशिक्षक श्रेष्ठको नेतृत्वमा गत शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

नेपाली टोली
अञ्जना रानामगर, सावित्री किसन, अंकिता राई, सलोनी रानामगर, सविना चौधरी, मञ्जुकुमारी खड्का, हिमा रावत, प्रतीक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला विक, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्रा भण्डारी, खुस्मा राई, दिपा शाही, कुसुम खतिवडा, सविता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुका कुमारी आले मगर

नेपालको खेल
११ डिसेम्बरमा बंगलादेश
१५ डिसेम्बरमा श्रीलंका
१७ डिसेम्बरमा भुटान
१९ डिसेम्बरमा भारत

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved