Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कांग्रेस महाधिवेशनले बढायो भृकुटीमण्डपको व्यापार

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २४, २०७८ मा प्रकाशित

काठमाडौं । भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ। आजदेखि सुरुआत भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ।

सो स्थानमा अन्य समयमा बिहान र साँझ व्यापार हुने भए पनि दिउँसो सुनसान हुने गरेको उनले बताइन्। उनले दैनिक रु १० देखि १५ हजारसम्मको व्यापार गर्दै आएकामा अहिले झण्डै रु ६० हजारसम्मको व्यापार भइरहेको छ।

अरु समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उनले जानकारी दिइन्। कोभिडका कारणले यहाँ हुने कार्यक्रम घटेको भए पनि अहिले भइरहँदा उनी खुसी छन्। उनले भनिन्, “हामीलाई त हप्तैपिच्छे केही न केही भयो भने आम्दानी बढ्छ।”

महाधिवेशन आइतबारसम्म जारी रहने छ। महाधिवेशनको उद्घाटन सुरु हुनुभन्दा एक साता पहिलेबाट नै महाधिवेशनस्थलमा भने भीडभाड बढ्न थालेको थियो। जिल्लाजिल्लाबाट आएका त कतिपय काठमाडौँमा नै भएका प्रतिनिधि र शुभेच्छुक आपसमा भेटघाटका लागि आइरहेका थिए। हिजोअस्तिभन्दा आज बिहानैदेखि भीडभाड बढेको देखिन्छ।

सो स्थानमा नै खाजा पसल चलाउँदै आएका मातृकाप्रसाद राई महाधिवेशनले गर्दा आफ्नो व्यापार झण्डै चार गुणाले बढेको बताए। एक साता पहिलेबाट नै यहाँ आवतजावत बढ्न थाले पनि बुधबारबाट बाक्लो भएको उनले बताए। बिहीबार भीडभाड बढेको थियो। आज त उनलाई बिहानैदेखि भ्याइनभ्याइ भएको देख्न सकिन्थ्यो। राजनीतिक आस्थाभन्दा पनि व्यापार बढ्ने हुँदा उहाँलाई महाधिवेशन औधी रमाइलो लागेको छ। उनले भने, “यस्तो चुनाव त हाम्रो लागि दसैँ नै हो।”

महाधिवेशन, आमसभालगायतका कार्यक्रम हुँदा र व्यापार र अरु मेला पर्व हुँदा यहाँको व्यापार बढ्ने गरेको छ। गत साता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हुँदा चार दिनमा राम्रो व्यापार भएको उनले बताए। अरु समयमा दैनिक झण्डै रु १० हजारदेखि १५ सम्मको व्यापार गर्ने भए पनि अहिले रु ६५ हजारसम्मको व्यापार भइरहेको उनले बताए। खानाभन्दा खाजा खान आउनेको सङ्ख्या धेरै छ । उनले भने, “सबैभन्दा बढी चिया त्यसपछि चना, अण्डा, चाउमिन खान आउने छन् ।”

सो स्थानमा नै बसेर व्यापार गर्ने मात्रै होइन महाधिवेशनका कारण डालोमा वा साइकलमा व्यापार गर्ने पनि राम्रो व्यापार गरिरहेको देख्न सकिन्छ। केही वर्षदेखि नियमितरुपमा नयाँ बसपार्कमा बदाम बेच्ने गरे पनि महाधिवेशनका कारण महाधिवेशनस्थल नजिक आइपुगेको सुरेश लामाले बताए। प्रदर्शनी मार्ग नजिकै भेटिएका उनी चुनाब नसकिएसम्म नियमित आउने बताए। उनले भने, “यस्तै कार्यक्रममा हामीले अरु बेलाभन्दा दोब्बर आम्दानी गर्न सक्छौँ।” रासस

ताजा समाचारहरु

IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.