काठमाडौं । बुधबार सुनको मूल्यमा ५०० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा ५०० रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
गत मंगलबार सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५०० रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तर, चाँदीको मूल्यमा भने स्थिर नै रहि आज पनि प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।























