काठमाडौ । छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, चाँदीको मूल्य भने यथावत रहेको छ ।
शुक्रबार पनि बिहीबार कै मूल्य अर्थात प्रतितोला एक हजार २६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।























