Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जानकी मन्दिरले विगत ७ वर्षदेखि तिरेन विद्युत् महसुल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०७८ मा प्रकाशित

जनकपुरधाम । जानकी र सँगै रहेको लक्ष्मण मन्दिरले २०७१ सालयता विद्युत् महसुल तिरेका छैनन् । जानकी मन्दिरको विद्युत् बक्यौता हाल ८१ लाख रुपैयाँ नाघेको छ । लामो समय बक्यौता रहेका कारण नेपाल विद्युत् प्राधिकरणले बेलाबेलामा मन्दिरको लाइन नै काटिदिने गरेको छ ।

पछिल्लो समय चाडपर्वमा जेनरेटर प्रयोग गरी बत्ती बाल्ने गरिएको छ । तर, मन्दिर व्यवस्थापन समितिले पुरानो बक्यौता तिर्न चासो देखाएको छैन । भक्तजनले चढाएको भेटी, विवाह मण्डपको टिकटबाट आउने आम्दानी, विद्युतीय चलचित्र म्युजियम, दर्जनभन्दा बढी पोखरी र सटर भाडाबाट वार्षिक डेढ करोडभन्दा बढी आम्दानी हुनेगरेको पाइन्छ ।

‘भेटी र पूजापाठबापत आउने रकमबाट महसुल बुझाउने गरी व्यवस्था गरिदिन हामीले विद्युत् कार्यालयलाई भनेका थियौं,’ जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णव भन्छन्, ‘विद्युत् कार्यालयले सुविधाजनक रूपमा लिन नमानेपछि महसुल बुझाउन नसकेका हौँ ।’ नौलखा दरबारलाई झिलिमिली पार्न प्रदेश २ सरकारले १३ करोडभन्दा बढी रुपैयाँ खर्चेर विद्युतीकरण गरेको छ । तर पनि उचित व्यवस्थापन भइरहेको छैन ।

यसले गर्दा मन्दिर परिसरमा चोरी र पाकेटमारीका घटनाहरूमा दिनानुदिन बढिरहेका छन् । मन्दिरभित्र बिजुली नियमित नहुँदा आपराधिक गतिविधि बढेको धनुषाका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए । बारम्बार ताकेता गर्दासमेत मन्दिरले विद्युत् महसुल तिर्न अटेर गरिरहेको विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिक बताउँछन् ।

अन्तिम विकल्प विद्युतको लाइन नै काट्नु रहेको उनले बताए । मल्लिकले भने ‘चेतावनीस्वरूप पटक–पटक विद्युत् अवरुद्ध गरिसकेका छौं । तर, धार्मिकस्थल भएकै कारण सामाजिक दबाबले गर्दा पूर्ण रूपमा लाइन काट्न सकेका छैनौं ।’

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved