काठमाडौ, पुस १६ । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो । तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि १५ रूपैयाँले वृद्धि भएर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।























