Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अन्तर्राष्ट्रिय गौतम बुद्ध बिमानस्थल संचालनको तयारी संगै आधा अर्ब लगानीमा रुपन्देहीमा ‘द एस आर’ होटल संचालन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १६, २०७८ मा प्रकाशित

बुटवल, पुस १६ । रुपन्देहीमा आधा अर्ब बढी लगानीमा ‘द एस आर’ होटल संचालनमा आएको छ । ‘सम्भव छ आफ्नै भूमिमा’ भन्ने मूल नाराका साथ सुविधा सम्पन्न होटल संचालन गर्ने लक्ष्यसहित जिल्लाको तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोलमा ५७ करोड रुपैयाँ लगानीमा द एस आर होटल एण्ड इभेन्ट्स प्रालिले होटल संचालनमा ल्याएको हो ।

संयुक्त लगानीमा १२ कठ्ठा क्षेत्रफलमा संचालनमा आएको उक्त होटलमा ३२ वटा कोठा छन् । न्यूनतम तीन हजार रुपैयाँ देखि अधिकतम ९ हजार रुपैयाँसम्म कोठाहरु उपलब्ध रहेको प्रालिले जनाएको छ ।

बिहिवार आयोजित पत्रकार सम्मेलनमा होटलका अध्यक्ष होमकान्त (शंकर) बस्यालले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसमा पनि मुलुककै केन्द्रमा पर्ने रुपन्देहीमा पर्यटनको ठूलो सम्भावना देखेर अध्ययनपछि मात्रै होटल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भारतीय सीमासँग जोडिएकोले भारत तथा तेस्रो मुलुकका पर्यटकहरुलाई आकर्षित गर्नसके पर्यटन प्रर्वद्धनमाका माध्यमबाट मुलुकको आर्थिक विकासमा लुम्बिनी प्रदेशले उल्लेख्य टेवा पुर्याउने बताए ।

सरकारसँग सहकार्य गर्दै होटलमा आउने पाहुनाहरुलाई नजिकका धार्मिक तथा पर्यटकीय स्थलहरुमा समेत घुमाउने होटलको तयारी छ । रुपन्देहीमा पहिलो पटक माटो टेस्टिङ गरी निर्माण गरिएको भुकम्प प्रतिरोधी होटलको ग्राउण्ड फोलरमा जम्वालय फाइन डाइनिङ रेष्टुरेन्ट रहेको छ । जहाँ एकैपटकमा ५० जना भन्दा धेरैलाई सेवा दिन सकिन्छ । जम्वालयसँगै तीनवटा जलापिनो प्राइभेट डाइनिङ क्याविन रहेका छन् । त्यससँगै रहेको कफी बारमा गुल्मीको अर्गानिक कफी विन्सको स्वाद लिन पाइने बताइएको छ ।

होटलमा एउटा आरामदायी वातानुकुलीत प्रेसिडन्टल स्वीट रुम, दुईवटा स्वीट रुम, तीन वटा सुपर लग्जरी डिलक्स रुम, १८ वटा सुपर डिलक्स रुम, ८ वटा डिलक्स गरी जम्मा ३२ वटा कोठा रहेका छन् । होटलको पाँचौ तलामा स्वदेशी तथा विदेशी परिकार पेयपदार्थसँगै औपचारीक कार्यक्रम गर्न मिल्ने वातानुकुलीत कन्फ्रेन्स हल समेत रहेको छ भने छैठौं तलामा ओपनरुफटप रहेको होटलले जनाएको छ ।

साथै आगामी दिनमा होटलको सेवालाई एकसय बेड भन्दा बढी क्षमतामा विस्तार गरी सातै प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र शहरहरुमा होटलका शाखाहरु विस्तार गर्ने लक्ष्य राखिएको होटलका अर्का संचालक केशव भण्डारीले बताए ।

ताजा समाचारहरु

IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.